BIZMANDU
www.bizmandu.com

बढी मूल्यमा तरकारी बेच्ने चार व्यापारी प्रहरी नियन्त्रणमा, चार गुणासम्म नाफा लिएको दाबी

२०७४ मंसिर ७

बढी मूल्यमा तरकारी बेच्ने चार व्यापारी प्रहरी नियन्त्रणमा, चार गुणासम्म नाफा लिएको दाबी
बढी मूल्यमा तरकारी बेच्ने चार व्यापारी प्रहरी नियन्त्रणमा, चार गुणासम्म नाफा लिएको दाबी

चितवन।जिल्ला प्रशासन कार्यालय चितवनले बढी पैसा लिएर तरकारी बिक्री गर्ने चार जना व्यवसायीलार्इ नियन्त्रणमा लिएको छ।

Tata
GBIME
Nepal Life

नारायणगढको तरकारी बजार र आलु बजारको अनुगमनको क्रममा बढी मूल्य लिएको पाइएपछि प्रहरीले चार जना व्यापारीलार्इ नियन्त्रणमा लिएको हो।किसानसँग किनेको भन्दा चार गुणा बढी मूल्य लिएर बिक्री गरेको पाइएको जिल्ला प्रशासन कार्यालय चितवनका बजार अनुगमन अधिकृत ओमनारायण शर्माले बताए।

आलु बजारमा होलसेल व्यापार गर्दै आएका ओम शिव स्टोर्सका सन्चालक पवन गुप्ता, शिवशक्ती  स्टोर्सका संचालक पशुरामकुमार चौहान तरकारी आशमाया रानामगर र प्रकृति भेजिटेवल सप्लार्यसका सञ्चालक  भक्तीराम खरेललाई नियन्त्रणमा लिएको हो ।

पक्राउ परेका मध्य पर्शुराम कुमार चौहान र भक्तिराम खरेलले खरिद  बिल देखाउन नसकेकाले नियन्त्रणमा लिएको र आशमाया रानामगर र पवन गुप्ताले दर्ता विना नै ब्यवसाय गरेको पाईएकाले नियन्त्रणमा लिईएको उनले बताए।कृषि विकास कार्यालय चितवनका कृषि विज्ञ रामराजा पौडेलले सस्तोमा तरकारी किनेर उपभोक्तालार्इ महँगोमा बिक्री गरेको पाइएको बताए।उपभोकता अधिकार संरक्षण मञ्चका उपाध्यक्ष विष्णु भुसालले बिक्री विल समेत नकाटेर मनलाग्दी मूल्य लिएर तरकारी बिक्री गरेको बताए।