BIZMANDU
www.bizmandu.com

बुढानिलकण्ठ रुटमा टाटाको अत्याधुनिक बस संचालनमा आयो, बसमा सीसीटीभीदेखि हाइड्रोलिक डोरसम्म

२०७४ मंसिर ७

बुढानिलकण्ठ रुटमा टाटाको अत्याधुनिक बस संचालनमा आयो, बसमा सीसीटीभीदेखि हाइड्रोलिक डोरसम्म
बुढानिलकण्ठ रुटमा टाटाको अत्याधुनिक बस संचालनमा आयो, बसमा सीसीटीभीदेखि हाइड्रोलिक डोरसम्म

काठमाडौं।बुढानिलकण्ठ यातायातले टाटाको अत्याधुनिक सुविधासहितको सिटी बस संचालन गर्ने भएको छ।

Tata
GBIME
Nepal Life

कम्पनीको एलपी ७१२ सिटी बस बुढानिलकण्ठ,जमल,रत्नपार्कहुँदै बुढानिलकण्ठ परिक्रमा गर्ने गरि बस संचालनमा आइसकेको छ।नेपाली बजारमा ७८ प्रतिशत बजार हिस्सा ओगट्न सफल टाटाको गाडीले उच्च प्रतिफल दिने कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार गाडीमा एलइडी टिभी,सीसीटीभी,हाइड्रोलिक डोर र आरामदायी सीट रहेको टाटा गाडीको नेपालको बिक्रेता सिप्रदी ट्रेडिङका प्रोडक्ट म्यानेजर कृष्णचन्दले बताए।कम्पनीका सहायक महाप्रवन्धक अनुपमणी ढकालले साँचो हस्तान्तरण गर्दै ३५ वर्षदेखि निरन्तर रुपमा ग्राहकलार्इ उच्च प्राथमिकता दिएको बताए।यो रुटमा दश वटा गाडी संचालनमा आएको छ।संस्थाका अध्यक्ष बाबुराजा महर्जनले पूराना माइक्रोबसलार्इ विस्थापित गरेर ७० वटा नयाँ बस संचालनमा ल्याउने बताए।