काठमाडौँ। ज्योति विकास बैंकले कैलालीको धनगढीमा बुधबार नयाँ शाखा बिस्तार गरेको छ। बैंकले धनगढी उपमाहानगरपालिका चौराहमा नयाँ शाखा विस्तार गरेको हो।
राष्ट्र बैंक धनगढीका प्रमुख धनन्जय शर्मा र धनगढी उपमहानगरपालिकाका मेयर नृपबहादुर बडुले संयुक्तरुपमा शाखा उद्घाटन गरेका हुन्।
गत हप्ता मात्रै बैंकले मकवानपुरको बागमती गाउँपलिकाको फापरबारी, हेटौडाबजार, महोत्तरीको रामगोपालपुर र काठमाडौँको नयाँ बजारमा शाखा बिस्तार गरेको थियो।