काठमाडौं। बीमा कम्पनीले भूकम्पका बेलामा भएको क्षतिको भूक्तानी गर्न अझै बाँकी छ।
झण्डै तीन वर्षअघि भएको भूकम्पको क्षतिको भूक्तानी नहुँदा बीमित समस्यामा छन्। अर्कोतर्फ गत साउनमा तरार्इमा आएको बाढीको तीन प्रतिशत मात्रै भूक्तानी भएको छ।किन बीमा कम्पनीले समयमा भूक्तानी गर्न सक्दैनन्?बीमा कम्पनी ऐन देखाएर भूक्तानी समयमा गर्न नसकिएको भन्दै पन्छिने गरेका छन्।
कतिपय अवस्थामा बीमितले आवश्यक कागजात पुर्याउन नसक्दा दाबी भूक्तानी ढिला हुने गरेको छ।कम्पनीले बीमितलार्इ कुनै विपत्तिपछि भूक्तानीका लागि आवश्यक कागजात पुर्याउनुपर्ने बारेमा सामान्य जानकारी समेत नदिँदा समेत समस्या हुने गरेको बीमा कम्पनीका कर्मचारीहरु बताउँछन्।
एनएलजी इन्स्योरेन्सका सहायक प्रवन्धक अनल गौतमले बीमितलार्इ दाबी भूक्तानीको प्रकृयाका बारेमा जानकारी दिन नसक्दा भूक्तानी ढिला भएको बताउँछन्।‘निर्जिवन बीमा कम्पनीले क्षतिपूर्ति लगायतका बारेमा सामान्य जानकारी समेत दिन सकेका छैनन्।त्यसले कुनै विपत्ति आउनेवित्तिकै दाबी भूक्तानी समयमा हुन नसकेको हो’उनले बिजमाण्डूसँग भने।बीमा कम्पनीले जनचेतनाका लागि खर्चनै गर्दैनन्।
निर्जीवन बीमाको दावी भुक्तानीको लागि सबै भन्दा पहिले सर्भेयरको आवश्यकता पर्छ। सर्भेयरले प्रतिवेदन वुझाएपछि मात्र दावी प्रकृया अगाडि बढ्ने बीमा समितिका निर्देशक श्रीमान कार्कीले बताए।उनका अनुसार सर्भेयर कम हुँदा पनि दाबी भूक्तानी ढिला हुने गरेको छ।
बाढीको दाबी भुक्तानी किन ढिला?
तरार्इमा बाढीबाट करिब दुर्इ अर्ब ३८ करोड रुपैयाँ क्षति पुगेको भन्दै दाबी परेको छ। तर कम्पनीहरुले हालसम्म तीन प्रतिशत अर्थात ५ करोड ६१ लाख रुपैयाँ मात्र दाबी भुक्तानी गरेका छ।
कम्पनीले अझै ९७ प्रतिशत दाबी भुक्तानी गर्न बाँकी छ। बीमा कम्पनीले एक महिना सम्ममा दाबी भुक्तानी गर्नुपर्ने प्रावधान छ।
बीमा कम्पनीका अनुसार बाढीले क्षति पुर्याएका वस्तु तथा संरचनाको बीमा गर्दा अग्नि तथा भूकम्प बीमा गरेका कारण दाबी भुक्तानीमा समस्या भएको हो। सिद्धार्थ इन्स्योरेन्सकी अमिता त्रिपाठीका अनुसार गोदाममा भएको स्टक सामानको वारेमा अनुगमन गर्न ढिलार्इ भएकोले भूक्तानीमा ढिलार्इ भएको हो।
बीमा समितिका उपनिर्देशक बाढी बीमा गर्नुपर्ने सोच नहुँदा भूक्तानीमा समस्या भएको बताए।समितिका अनुसार कृषि तथा पशुपंक्षी बीमा तर्फपनि धेरै भूक्तानी हुन बाँकी छ।समितिका निर्देशक कार्कीले बीमितले धेरै दाबी गरेपछि भूक्तानीमा समस्या भएको बताए।उनले माछा पोखरीमा भूराको क्षति बढी भएको भन्दै दाबी गरेकाले भूक्तानीमा समस्या भएको बताए।