BIZMANDU
www.bizmandu.com

साधना लघुवित्तले सोमबारदेखि कारोबार थाल्यो, गाउँका जनताको बैंकिङ पहुँच पुर्याउन सुझाब

२०७४ मंसिर ५

काठमाडौं।साधना लघुवित्त वित्तिय संस्थाले सोमबारदेखि औपचारिक कारोबार सुरु गरेको छ।राष्ट्र बैंकका संचालक रामजी रेग्मीले संस्थाको उद्घाटन गरे।

Tata
GBIME
Nepal Life

रेग्मीले जनतालार्इ बैंकिङ पहुँच पुर्याउने उदेश्यले कारोबार गर्न सुझाब दिए।उनले गरिबी निवारणमा लघुवित्त संस्थाले महत्वपूर्ण काम गरिरहेको बताउँदै उद्यमशिलताको विकासमा सघाउन आग्रह गरे।

सांग्रिला डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत राजेन्द्रप्रसाद पौडेलले गोरखावासीको क्रियाशिलतामा स्थापित भएको संस्थाले पिछडिएका वर्गमा वित्तिय साक्षरता दिएर कारोबार गर्न सुझाब दिए।गोरखा नगरपालिकाकी उपमेयर विनाकुमारी श्रेष्ठले महिला शशक्तिकरणका लागि लघुवित्त सहयोगी बन्ने विश्वास लिर्इन्।प्राइम कर्मसियल बैंकका संचालक नवराज बजगार्इँ,नेपाल ब्रोकर एशोसिएसनका अध्यक्ष प्रियराज रेग्मी लगायतको सहभागिता रहेको थियो।