BIZMANDU
www.bizmandu.com

एनबिआर्इले बैंकरलार्इ साइबर सेक्युरिटी सम्वन्धि तालिम दिने, भारतीय संस्थासँग भयो सम्झौंता

२०७४ मंसिर ५

काठमाडौं। नेशनल बैंकिङ इन्स्टिच्युट र पंजाव नेशनल बैंकिङ इन्ष्टिच्युट अफ इन्फर्मेसन वीच सूचना प्रविधि सम्वन्धी तालिमका लागि सम्झौंता भएको छ।

Tata
GBIME
Nepal Life

संझौतापत्रमा पंजाव नेशनल बैंकका निर्देशक दिभ्याङ रस्तोगी र एनबिआर्इका प्रमुख कार्यकारी निर्देशक संजिव सुब्बाले हस्ताक्षर गरे।पंजाव नेशनलले भारतमा बैंकिङ सम्बन्धि सुचना तथा प्रविधि अन्तर्गतका विभिन्न तालिमहरु प्रदान गर्दै आएको छ।

सम्झौतामा एनबिआर्इले नेपाली बैंकिङ क्षेत्रलार्इ आवश्यक हुने बैंकिङ प्रविधि, साइवर सेक्युरिटी, स्याचुरेसन तथा अन्य तालिमहरु उपलव्ध गराउने विषय उल्लेख छ। तालिमले बैंकहरुको सूचना तथा प्रविधि विभागमा कार्यरत कर्मचारीहरुको दक्षता अभिवृद्धि गर्ने एनबिआर्इको विश्वास छ।