BIZMANDU
www.bizmandu.com

उपप्रधानमन्त्रीको महानवाणी – निर्वाचन सर्छ, कुटनीतिक मर्यादा नराखि भने, विप्पा गलत

२०६९ साउन ८

उपप्रधानमन्त्रीको महानवाणी – निर्वाचन सर्छ, कुटनीतिक मर्यादा नराखि भने, विप्पा गलत
उपप्रधानमन्त्रीको महानवाणी – निर्वाचन सर्छ, कुटनीतिक मर्यादा नराखि भने, विप्पा गलत

काठमाडौं । मंसिर ७ गते प्रस्ताव गरिएको संविधानसभा चुनाव हुन्छ, हुँदैन भन्ने अन्यौललाई सरकारको तेस्रो वरियातामा रहेका उपप्रधानमन्त्री तथा माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले सोमवार स्पष्ट पारेका छन्, चुनाव पर सर्छ । निर्वाचन आयोगले मंसिर ७ को चुनावका लागि आवश्यक कानूनमा संसोधन गर्न साउन ७ गतेसम्म दिएको भ्यादलाई सरकारले लत्याएपछि मंसिर ७ मा चुनाव नहुने पक्कापक्की थियो तर त्यसलाई औपचारिक पुष्टि गर्ने काम भने उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले सोमवार गरेका छन् ।
रिपोर्टस क्लवको कार्यक्रममा श्रेष्ठले भने, एमाले र काँग्रेससँग सहमति नगरी चुनाव गर्न सकिन्न, अहिलेको अवस्था हेर्दा चुनाव सर्ने देखिन्छ । प्रधानमन्त्री डा. बाबुराम भट्ट्राईले जेठ १४ को मध्यरातमा संविधानसभाको आयु थप्ने सम्पूर्ण विकल्पहरु बन्द गरेर, मंसिर ७ गते चुनाव गर्ने प्रस्ताव क्याविनेटबाट स्वीकृत गराएका थिए । यही प्रस्ताव बमोजिम निर्वाचन आयोगले मंसिर ७ का लागि चुनावी तयारी गरिरहेको छ तर यो चुनावी तयारीमा सत्तारुढ दल नै संवेदनशिल छैन भन्ने प्रमाण आज आएको छ ।
कार्यक्रममा श्रेष्ठले भारतसँग गरिएको द्विपक्षीय लगानी संरक्षण तथा संवद्र्धन सम्न्धी सम्झौता(विप्पा)मा आफ्नो सहमति नभएको बताएका थिए । प्रधानमन्त्री भट्टराई छ महिना अघि भारत भ्रमणमा जाँदा विप्पामा सहमति गरेका थिए । परराष्ट्रमन्त्री समेत रहेका श्रेष्ठको यो अभिव्यक्तिले नेपाल–भारतवीचको व्यवसायिक र कुटनीतिक सम्वन्धलाई अस्वीकार गरेको देखिन्छ ।
नेपालमा भारतीय लगानी भित्र्याउने प्रयास स्वरुप भट्टराईले भारतसँग विप्पा सम्झौता गरेका थिए । परराष्ट्रमन्त्री श्रेष्ठले सम्झौतामा पुनरावलोकनको आवश्यकता रहेको पनि बताए । नेपालले अहिलेसम्म छ देशसँग विप्पा सम्झौता गरेको छ र भारतसँग गरिएको सम्झौता यी छ राष्ट्रमा सबैभन्दा बढी नेपाल अनुकुल छ । सरकारले चीनियाँ लगानीका लागि चीनसँग समेत विप्पाको तयारी गरिरहेको छ ।

Tata
GBIME
Nepal Life