BIZMANDU
www.bizmandu.com

सेञ्चुरी बैंकको एक्सटेन्सन काउन्टर गौशालामा, दुर्इ वित्तीय संस्थासँग एकिकृत कारोबार हुने

२०७४ मंसिर ३

काठमाडौं। सेञ्चुरी कमर्सियल बैंकले काठमाडौं महानगरपालिकाको सहयोगमा वडा नं ९ को वडा कार्यालयमा छैठौं एक्सटेन्सन काउन्टर खोलेको छ।

Tata
GBIME
Nepal Life

गौशालामा खुलेको एक्सटेन्सन काउन्टरको महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य तथा सेञ्चुरी बैंकका अध्यक्ष राजेश कुमार श्रेष्ठले संयुक्त रुपमा काउन्टरको उद्घाटन गरे।

बैंकले चाँडै नै दुर्इवटा थप वित्तीय संस्थाहरुसँग एकिकृत कारोबारको तयारी गरिरहेको जनाएको छ।  ४० प्रतिशत हकप्रद जारी गरिसकेकोले अब केही बोनस शेयर जारी गरी ८ अर्वको पुँजी पुर्याउने तयारी गरिरहेको पनि बैंकले प्रेस बिज्ञप्तीमार्फत जानकारी दिएको छ।

बैंकले निकट भविश्यमा नै १०० भन्दा बढि शाखा कार्यालयहरुबाट सेवा विस्तार गर्ने समेत जनाएको छ।