BIZMANDU
www.bizmandu.com

विराटनगरका सबैभन्दा ठूलो हुन्डी कारोबारी अनुप सेठिया पक्राउ, ७५ लाख रुपैयाँ नगद पनि बरामद

२०७४ कात्तिक ३०

विराटनगर।विराटनगरमा हुन्डीको सबैभन्दा ठूलो कारोबारी मानिने अनुप सेठिया र उनका भतिजा ललितलार्इ प्रहरीले पक्राउ गरेको छ।
 
मोरङ प्रहरीले बिहीबार विराटनगरको मेनरोडस्थित सेठियाको घरबाट दुबैलाई पक्राउ गरेको हो ।उनले आफ्नो घरबाटै हुण्डीको कारोबार गर्दै आएका थिए।स्रोतका अनुसार सेठियाले आफ्नो घरको एउटा कोठामार्फत हुन्डीको कारोबार गर्दै आएका थिए।
 
उनको कोठाबाट ७५ लाख रुपैयाँ नगदसमेत बरामद भएको मोरङ प्रहरी स्रोतले जनाएको छ ।जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक अरुणकुमार बिसीले सेठिया काका–भतिजलाई पक्राउ गरेको स्वीकार गर्दै शुक्रबार अदालतमा अनुसन्धानका लागि म्याद थप गरेपछि मात्र सबै कुरा भत्र मिल्ने बताए ।
 

Tata
GBIME
Nepal Life