BIZMANDU
www.bizmandu.com

वर्ल्डलिंकले ल्यायो ‘तीनको तड्का’ अफर, इन्टरनेट जडान गर्ने ग्राहकलाई ४० प्रतिशतसम्म छुट

२०७४ कात्तिक ३०

काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंकले 'तीनको तड्का' नामको नयाँ ग्राहक योजना सुरु गरेको छ। योजना अन्तर्गत भारी छुट, डबल ब्यान्डविड्थ र फ्रि नेटटिभी प्रदान गर्ने जनाइएको छ।
 
तीनको तड्का अन्तरगत नयाँ इन्टरनेट जडान गर्ने तथा पुराना नविकरण गर्ने ग्राहकहरुलाई ४० प्रतिशतसम्म छुट दिने, सबै प्याकेजका बार्षिक इन्टरनेट सेवा खरिदकर्तालाई निशुल्क नेट टिभीको सेवा प्रदान गर्ने तथा हाल पाँच एमबीपीएसको प्याकेजलाई दोव्बर बनाइने कम्पनीले जनाएको छ।
 
जस अन्तर्गत पहिल्यै देखि पाँच एमबीपीएसको सेवा चलाईरहेका ग्राहकहरुले स्वतः १० एमबीपीएसको सेवा पाउने छन् । ५ एमबीपीएसको सेवा लिनचाहने ग्राहकहरुलाई बार्षिक रुपमा नयाँ सेवा जडान गर्दा १० एमबीपीएसको सेवा, योजना अन्तरगतको छुट सहित जडान खर्च, राउटर तथा फाईवर तारको शुल्क बुझाउन नपर्ने भएको छ। साथै उनीहरुलाई तीन महिनाका लागि निशुल्क नेट टिभि समेत दिने जनाइएको छ।
 
२५ एमबीपीएसको प्याकेज खरिद गर्दा छुटका साथै छ महिनाको लागि निःशुल्क नेटटिभीको सेवा दिने जनाइएको छ। ५० एमबीपीएसको प्याकेजको खरिदमा बार्षिक भुक्तानी तथा नविकरण गर्दा १ बर्षकै लागि निशुल्क नेटटिभी तथा अन्य छुट समेत दिने कम्पनीले जनाएको छ।

Tata
GBIME
Nepal Life