BIZMANDU
www.bizmandu.com

सुनको मूल्यमा गिरावट

२०६९ असार ८

८ असार, काठमाण्डौ । सुनको मुल्य केही घटेको छ । यो साता दिनहुँ उताढ चढाब भएको सुनको मुल्य विहीवारको तुलनामा प्रतितोला ८ सय रुपैयाँले घटेर प्रतितोला ५६ हजार ६ सय रुपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी संघका अध्यक्ष तेजरत्न शाक्यले जानकारी दिनुभयो ।
यसअघि विहीवार छापावाल सुन प्रतितोला ५७ हजार ४ सयमा कारोवार भएको थियो ।

Tata
GBIME
Nepal Life

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस ३८ डलर घटेकाले नेपालमा पनि सुनको मूल्यमा गिरावट आएको शाक्यले वताउनुभयो ।  यसैगरी तेजावी सुनपनि विहीवारको तुलनामा प्रतितोला ८ सय रुपैयाँले घटेर ५६ हजार ३ सय ९० रुपैयाँमा कारोवार भइरहेको छ । यसअघि विहीवार तेजावी सुनको प्रतितोला ५७ हजार १ सय ९० रुपैयाँमा कारोवार भएको थियो ।

यस्तै चाँदी विहीवारको तुलनामा शुक्रवार प्रतितोला २५ रुपैयाँले घटेर एक हजार २० कायम भएको छ भने विहीवार चाँदी प्रतितोला एक हजार ४५ रुपैयाँमा कारोवार भएको थियो ।