BIZMANDU
www.bizmandu.com

रुपन्देहीको महोत्सवमा पुगेर गभर्नरले दिए ‘विकासे’ भाषण, ‘स्थानीय तहले केन्द्रको मुख ताक्ने होइन’

२०७४ कात्तिक २९

रुपन्देहीको महोत्सवमा पुगेर गभर्नरले दिए ‘विकासे’ भाषण, ‘स्थानीय तहले केन्द्रको मुख ताक्ने होइन’
रुपन्देहीको महोत्सवमा पुगेर गभर्नरले दिए ‘विकासे’ भाषण, ‘स्थानीय तहले केन्द्रको मुख ताक्ने होइन’

रुपन्देही। गभर्नर डा. चिरञ्जिवी नेपालले स्थानीय तहले केन्द्रको मुख नताकि आफ्नो क्षेत्रको विकास आफै गर्नुपर्ने बताएका छन्।

Tata
GBIME
Nepal Life

उनले स्थानीय तहले अन्तर्राष्ट्रिय स्तरको मापदण्ड बनाएर जनतालार्इ सुविधा दिनुपर्ने बताउँदै आफ्नो ठाउँको विकास आफै गर्नुपर्ने बताए।सैनामैना उद्योग वाणिज्य संघले आायोजना गरेको दोश्रो राष्ट्रिय सैनामैना कृषि, पर्यटन, औद्योगिक ब्यपार महोत्सवको बुधबार उद्घाटन गर्दै नेपालले स्थानीय तहको विकासको लागि २ सय २५ अर्ब सरकारबाट गईसकेको बताए ।देश संघियताको संरचनामा गईसकेकाले स्थानीय स्तरमा भएका स्रोत र साधनहरुको परिचालन गरि आर्थिक अवस्था बलियो बनाउनुपर्ने उनले बताए।
 

नेपालले भने –स्थानीय तहमा बढी भएको पैसा मात्रै केन्द्र सरकारलाई दिने हो र त्यो पैसा केन्द्र सरकारले विकट क्षेत्रको विकासमा लगाउँछ। गभर्नर नेपालले नेपाल सम्भावना नै सम्भावना भएको देश भएपनि वैदेशिक रोजगारले गर्दा देश परनिर्भर भएको बताए।उनले नेपालमा प्रशस्त मात्रामा कृषिको सम्भावना रहेपनि अल्छीपनले गर्दा जमिन बाँझो बनेको बताए ।भारतले गरेको नाकाबन्दीको स्मरण गराउदै उनले भने–हामी कति परनिर्भर रहेछौ्र । यहि उत्पादन हुने तरकारी पनि भारतबाट आयात गरिरहेका छौं।
 
प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनालीले काम गर्ने हातहरु विदेशमा रहेकोले देश परनिर्भर भएको बताए । नेपाल उद्योग महासंघका केन्द्रीय सदस्य सुरेन्द्र प्रसाद श्रेष्ठले रुपन्देही जिल्लामा निजी क्षेत्रको लगानी भित्रिएकाले यो क्षेत्र आर्थिक केन्द्रको रुपमा विकास हुने बताए।