BIZMANDU
www.bizmandu.com

ओप्पो ‘एफ फाइभ’ नेपालमा बिक्री सुरु, ३४ हजार मूल्यको मोबाइलमा यस्ता छन् सुविधा

२०७४ कात्तिक २९

ओप्पो ‘एफ फाइभ’ नेपालमा बिक्री सुरु, ३४ हजार मूल्यको मोबाइलमा यस्ता छन् सुविधा
ओप्पो ‘एफ फाइभ’ नेपालमा बिक्री सुरु, ३४ हजार मूल्यको मोबाइलमा यस्ता छन् सुविधा

काठमाडौं।ओप्पो मोबाइल्सले ओपो एफ फाइभ नेपालमा बिक्री सुरु गरेको छ ।मोबाइलमा एफएचडी र फूल स्क्रिन डिस्प्ले छ।

Tata
GBIME
Nepal Life

कम्पनीले अत्याधुनिक एआई ब्यूटी (सेल्फीमा रहेका ब्यक्तिका लागि विशेष ब्यक्तिगत आधारमा ब्यूटिफिकेशन उपलब्ध गराउने) प्रविधि उपलब्ध गराएको छ । यो प्रविधिले सेल्फी फोटोग्राफीको गुणस्तरलाई नै नयाँ आयाम प्रदान गर्ने कम्पनीको दावी छ । मोबाइलको मूल्य ३३ हजार ९ सय ९० रुपैयाँ तोकिएको छ।

कम्पनीले यूवा पुस्तालाई छनोटको थप अवसर प्रदान गर्ने सोचका साथ एफफाइभ सिक्स जीबी एडिशन र एफफाइभ योथका बारेमा पनि जानकारी गराएको थियो। यी दूई भ्यारियन्ट भने आउने महिनाहरुमा क्रमिक रुपमा सार्वजनिक गरिने कम्पनीले जनाएको छ।मंगलबार एक कार्यक्रमबीच यो मोबाइल सार्वजनिक गरिएको थियो।कार्यक्रममा नेपाल आइडल बुद्ध लामा,फष्ट रनरअप निशान भट्टरार्इ र सेकेन्ड रनरअप प्रताप दास समेत सहभागी थिए।

‘हामी नयाँ ओप्पो एफफाइभमा समाहित गरिएको एआई प्रविधिबाट निकै प्रभावित भएका छौँ । विशेषगरी सेल्फीका लागि यो निकै उपयोगी छ ।’ कार्यक्रममा बोल्दै उनीहरुले भने ‘ यसबाट खिचिएका तस्विरहरु निकै गुणस्तरिय, आकर्षक देखिनुका साथै प्राकृतिक समेत छन् । ओप्पोले नेपाली यूवाको चाहना र ट्रेण्डलाई नजिकबाट नियाल्दै नयाँ उत्पादन सार्वजनिक गरेको हामीले पायौँ ।’ओप्पो नेपालका लागि प्रमुख कार्यकारी अधिकृत बबी झाओले उपभोक्ताको माग अनुसार मोबाइल बजारमा ल्याउने गरेको बताए।

‘ओप्पोका लागि उपभोक्ताको खुशी र सन्तुष्टि सँधै प्राथमिकताको विषय हो । प्राविधिकरुपमा नवप्रबर्तनात्मक, उत्कृष्ट तथा गुणस्तरिय उत्पादन पस्कँदै हामी आफ्ना उपभोक्तालाई  हर क्षण रमाउँदै आफ्ना अनुभव संगाल्न र साँच्दै  एकताको सुत्रमा बाँध्न चाहान्छौँ ’,उनले भने ,‘हाम्रो नयाँ भेट एआई ब्यूटी प्रविधि सुसज्जित सेल्फी एक्स्पर्ट एण्ड लिडर ओपो एफफाइभले सबैको समग्र माग तथा आवश्यकताको पूर्ति गर्ने हामीले विश्वास लिएका छौँ ।’

बर्षौँको खोजपछि नेपाली बजारमा सेल्फी फिचरमा आर्टिफिसियल ईन्टेलिजेन्सी सहित सार्वजनिक गरिएको ओप्पो एफफाइभ नै पहिलो स्मार्टफोन भएको दाबी गरिएको छ ।कम्पनीका अनुसार यसले ग्लोबल डाटाबेस अनुसार अनुहारको आकार तथा प्रकारको पहिचान गर्छ । सेल्फीलाई थप प्राकृतिक र वास्तविक बनाउने सोचका साथ ब्यवसायिक फोटोग्राफर्स तथा मेक–अप आर्टिस्टहरु संग परामर्श लिइएको कम्पनीले जनायो।

कम्पनीका अनुसार २ सय भन्दा बढी फेशियल रिकग्निसन स्पट्स सहित खिचिएको तस्विरलाई ग्लोबल डाटावेसमा रहेका मानव अनुहारका फेसियल फिचर्स, आकार र संरचनाहरुसंग तुलना गरी विषयको स्किन टोन, प्रकार, लिंग, उमेर लगायतका आधारमा पहिचान गर्छ । यसरी अनुहारको पहिचान पश्चात एआई ब्यूटी प्रविधिले आवश्यकता अनुसार छाला, आँखा, ओँठ लगायतमा ब्यूटिफाई प्रविधिले उत्कृष्ट नतिजाका लागि काम गर्न थाल्छ । यो फिचरले ब्यक्तिगत तवरमै ब्यूटिफाइ सुविधा उपलब्ध गराउँछ ।

मोबाइलमा अल्ट्रा सेन्सिटिभ एफ २.० एपर्चर र १/२.८ सेन्सर सहित २० मेगापिक्सेलको फ्रण्ट क्यामेरा उपलब्ध गरिएको छ । दुबै फिचर्सले क्यामेरालाई अधिक सुचना संकलन गर्न तथा कम प्रकाश भएका स्थानमा समेत न्वाइज न्यूनिकरण गरी उत्कृष्ट तस्विर सम्प्रेषण गर्न सघाउँछ । फ्रण्ट क्यामेरा पोट्र्रेट मोडले तस्विरको पृष्ठभुमीमा बोके ईफेक्टको प्रयोग गरी हरेक सेल्फीमा प्रमुख विषयलाई केन्द्रमा राख्दै उत्कृष्ट तथा आकर्षक तस्विर खिच्न सघाउँछ ।

फोनमा रहेको १६ मेगा पिक्सेल क्षमताको रियर क्यामेराले दिन तथा रात दुबै समयमा उत्कृष्ट तस्विर लिन सघाउने कम्पनीको दावी छ । कम्पनीका अनुसार एफ१.८ एपर्चर सहितको ब्याक क्यामेराले उज्यालोमा उत्कृष्ट प्रदर्शनी गर्नुका साथै अध्यारो अवस्थामा समेत गुणस्तरिय तस्विर लिन सघाउँछ ।