BIZMANDU
www.bizmandu.com

माछापुच्छ्रे बैंक र हेफरबीच ऋण बारे सम्झौंता, दाङका महिला उद्यमीलार्इ विना धितो ऋण दिने

२०७४ कात्तिक २८

काठमाडौं।माछापुच्छ्रे बैंकले किसानलार्इ विना धितो ऋण दिन हेफर इन्टरनेशनलसँग सहकार्य गरेको छ।

Tata
GBIME
Nepal Life

बैंकले युके एडद्धारा संचालित सक्षम एक्सेस टु फाइनान्स परियोजना अन्तर्गत दाङका कृषि तथा महिला उद्यमीलार्इ ऋण प्रदान गर्न हेफरसँग सम्झौंता गरेको हो।यो सम्झौंतापछि बैंकले हेफरसँग सहकार्यमा रहेका चार वटा विभिन्न सहकारीमार्फत कर्जा दिने बैंकद्धारा जारी विज्ञप्तिमा उल्लेख छ।विपन्न परिवारलार्इ स्वरोजगार बनाउने उदेश्यले संचालन हुने कार्यक्रमले महिलाको जीवनस्तर सुधार्न सहयोग पुग्ने बैंकको विश्वास छ।