BIZMANDU
www.bizmandu.com

सरकारको सक्रियताले तरकारीको भाउ सस्तिएला? भारतबाट आएपछि बन्दाको मूल्य किलोमै ५० रुपैयाँ घट्यो

२०७४ कात्तिक २८

सरकारको सक्रियताले तरकारीको भाउ सस्तिएला? भारतबाट आएपछि बन्दाको मूल्य किलोमै ५० रुपैयाँ घट्यो
सरकारको सक्रियताले तरकारीको भाउ सस्तिएला? भारतबाट आएपछि बन्दाको मूल्य किलोमै ५० रुपैयाँ घट्यो

काठमाडौं।भारतबाट आउन थालेपछि बन्दाको मूल्य सस्तिएको छ।कालिमाटी तरकारी बजारमा बन्दाको मूल्य किलोको ६० रुपैयाँमा झरेको छ।

Tata
GBIME
Nepal Life

काठमाडौंका विभिन्न तरकारी पसलमा बन्दाको खुद्रा मूल्य भने किलोको ९० रुपैयाँ कायम भएको छ।गत साता बन्दाको थोक मूल्यनै किलोको १ सय १० रुपैयाँ थियो।गत साता एक सय देखि १ सय १० रुपैयाँ सम्म कायम रहेको काउली र गोलभेडाको थोक मूल्य मंगलबार ९० रुपैयाँमा झरेको छ।गोलभेडा क्रेटको १७ सय रुपैयाँदेखि १९ सय रुपैयाँ कायम छ।

तरकारीको मूल्य अस्वभाविक रुपमा बढेपछि प्रधानमन्त्री कार्यालयले मूल्य हस्तक्षेपको रणनीति बनाएको थियो।तर बजार हस्तक्षेपका लागि अनुगमन टोली विभिन्न तरकारी उत्पादन हुने स्थलसम्म पुगेर अनुगमन गर्न थालेका छन्।आपूर्ति व्यवस्थापन विभागले उपसचिव निरज पौडेलको नेतृत्वमा मूल्य विश्लेषण टोली बनाएर तरकारी उत्पादन हुने पकेट क्षेत्रमा अनुगमनका लागि पठाएको हो। विभागका महानिर्देशक कुमारप्रसाद दाहालका अनुसार काभ्रेको पाँचखाल क्षेत्रका किसानसँग अन्तरक्रिया गर्ने बताउँदै त्यसपछि पालुङटार, थानकोट,धादिङ र नुवाकोट क्षेत्रमापनि अनुगमन गरि मूल्य विश्लेषण गरिनेछ।