काठमाडौं।रेनल्टले डस्टर गाडीको ब्राण्ड प्रवर्द्धन गर्न ग्याङ अफ डस्टर यात्रा सुरु गरेको छ।
भारतको गोरखपुरहुँदै सुरु भएको यो यात्रा गर्ने समूह काठमाडौं आइपुगेको छ।यो समूहले चितवन,पोखरा र लुम्बिनी हुँदै लखनउ पुगेर यात्रालार्इ टुंग्याउनेछ।रेनल्ट गाडीको नेपालको आधिकारिक वितरक एडभान्स अटोमोबाइलसका प्रवन्ध निर्देशक निकुञ्ज अग्रवालले भारतका विभिन्न स्थानबाट आएका ग्याङ अफ डस्टर समूहको सदस्य नेपाल आएको बताउँदै नेपालको रोमाञ्चक र साहसिक यात्रा गर्ने जानकारी दिए।
उनले नेपालमा पनि यस्तै अभियान सुरु गर्ने प्रतिवद्धता जनाए।कम्पनीका अनुसार यो यात्रा कठिन तथा रोमाञ्चक यात्रा गराउने अभियान हो।कम्पनीका अनुसार यो समूहमा अहिलेसम्म एक लाख भन्दा बढी सदस्य भइसकेका छन्।प्रवन्ध निर्देशक अग्रवालले अभियानले नेपालमा डस्टरको बजार विस्तार गर्न सघाउने बताए। १ हजार ४ सय किलोमिटरको ९ दिने अन्तर्राष्ट्रिय यात्रामा २४ जना डस्टर किनेका सदस्य सहभागी छन्।