BIZMANDU
www.bizmandu.com

निर्वाचनले बढायो पेट्रोलियम पदार्थको खपत, गत महिनाको तेलको खपत देखेर आयल निगमनै चकित

२०७४ कात्तिक २४

निर्वाचनले बढायो पेट्रोलियम पदार्थको खपत, गत महिनाको तेलको खपत देखेर आयल निगमनै चकित
निर्वाचनले बढायो पेट्रोलियम पदार्थको खपत, गत महिनाको तेलको खपत देखेर आयल निगमनै चकित

काठमाडौं।निर्वाचनको घोषणा भएपछि पेट्रोलियम पदार्थको खपत ह्वात्तै बढेको छ।पेट्रोलियम पदार्थको खपत बढेपछि आयल निगमलार्इ आपूर्ति व्यवस्थापनमा समेत हम्मेहम्मे भएको छ।

Tata
GBIME
Nepal Life

निगमका अनुसार अक्टोबर महिनामा ४२ हजार किलोलिटर पेट्रोल र एक लाख किलोलिटर डिजल खपत भएको छ।अघिल्लो महिना सेप्टेम्बरमा पेट्रोल ३७ हजार किलोलिटर र डिजल ८० हजार किलोलिटर मात्रै खपत भएको थियो।‘अक्टोबर महिनाको पेट्रोलियम पदार्थको खपतले हामी पनि आश्चर्यमा परेका छौं।निर्वाचनसँगै विकास निर्माणका काम पनि बढी भएकोले माग बढेको हुनसक्छ’निगमका प्रवक्ता वीरेन्द्र गोइतले बिजमाण्डूसँग भने,निर्वाचनमा सवारी साधनको प्रयोग बढी भएकोले खपत बढेको हुनसक्छ।‘

उनका अनुसार अक्टोबरमा चाडपर्व परेकोले पनि पेट्रोलियम पदार्थको माग बढेको हुनसक्छ।गोइतले काठमाडौंमा पछिल्लो एक महिनादेखि लगातार दैनिक ८ सय किलोलिटर डिजल र ६ सय किलोलिटर पेट्रोलको खपत भइरहेको छ।सामान्य समयमा पेट्रोल चार सय र डिजल ६ सय किलोलिटरको हाराहारीमा हुने गर्थ्यो।