BIZMANDU
www.bizmandu.com

दरबारमार्गका पसलमा आपूर्तिको अनुगमन, चर्को मूल्य लिएको आरोपमा चार पसललार्इ कारवाही

२०७४ कात्तिक २१

दरबारमार्गका पसलमा आपूर्तिको अनुगमन, चर्को मूल्य लिएको आरोपमा चार पसललार्इ कारवाही
दरबारमार्गका पसलमा आपूर्तिको अनुगमन, चर्को मूल्य लिएको आरोपमा चार पसललार्इ कारवाही

काठमाडौं।आपूर्ति व्यवस्थापन विभागले दरबारमार्गमा रहेका थप चार वटा ब्राण्डेड शपलार्इ कारवाही थालेको छ।

Tata
GBIME
Nepal Life


दशैको पूर्वसन्ध्यामा अनुगमन गर्दा चर्को मूल्य लिएको पाइएपछि शिलबन्दी गरिएको बेन्टलेको शोरुम: फाइल तस्विर

दुर्इ साता अघि दरबारमार्गमा रहेका पसलमा अनुगमन गर्दा चर्को मूल्यमा सामान बिक्री गरेको पाइएपछि विभागले कारवाही थालेको हो।चाडपर्वमा मात्रै अनुगमन गरेर दु:ख दिएको आरोप खेप्ने विभागले अहिले भने अरु समयमा पनि अनुगमनलार्इ निरन्तरता दिएको छ।

विभागका महानिर्देशक कुमारप्रसाद दाहालका अनुसार नोभा फेसन,अप्सन ग्लास,स्पोर्टस हाउस र जोडाइक फेसनले बढी मूल्य लिएर सामान बिक्री गरेको पाइएपछि कारवाही अघि बढाइएको हो।विभागले प्रारम्भिक अनुसन्धानपछि कारवाहीका लागि प्रहरीलार्इ अनुरोध गर्नेछ।महानगरिय प्रहरी परिसरले ती पसललार्इ कालोबजारी ऐन अनुसार कारवाही गर्नेछ।

विभागले दशैअघि अनुगमन गरेका ८ जना पसलका संचालकलार्इ कारवाही गर्न परिसरलार्इ अनुरोध गरेको थियो।प्रहरीले ती पसलका कर्मचारीलार्इ प्रकाउ गरेको छ भने संचालक भने उम्किएका छन्।प्रहरीका अनुसार लाइफस्टाइल फेशनका संचालक मात्रै सम्पर्कमा आएका छन्।प्रहरीका अनुसार कालोबजारी ऐन अनुसार कारवाही अघि बढाउन खोज्दा वकिलले अनावश्यक प्रश्न सोधेर वयानको प्रमाणिकरणमा ढिलार्इ भएको छ।