BIZMANDU
www.bizmandu.com

उदयपुर सिमेन्टको टर्नओभर बढ्यो, तीन महिनामै ५० करोडको कारोबार, गैंडाको माग धान्नै गाह्रो

२०७४ कात्तिक ९

उदयपुर सिमेन्टको टर्नओभर बढ्यो, तीन महिनामै ५० करोडको कारोबार, गैंडाको माग धान्नै गाह्रो
उदयपुर सिमेन्टको टर्नओभर बढ्यो, तीन महिनामै ५० करोडको कारोबार, गैंडाको माग धान्नै गाह्रो

गाईघाट। देशकै ठूलो र सरकारी स्वामित्वमा रहेको जलजलेस्थित उदयपुर सिमेन्ट उद्योगले तीन महिनाभित्र ५० करोड रुपैयाँ बराबरको सिमेन्ट बिक्री गरेको छ। 
 
साउनको पहिलो हप्तादेखि अहिलेसम्म उद्योगले छ लाख २० हजार बोरा सिमेन्ट बिक्री गरेको छ। अहिलेसम्मकै अत्यधिक सिमेन्ट बिक्री गर्न सफल भएको उद्योगका महाप्रबन्धक सुरेन्द्र पौडेलले बताए। 
 
गैँडा छाप सिमेन्टको माग अत्यधिक बढेर जाँदा बिक्री र माग धान्नै गाह्रो भएको उनले जानकारी दिए। अहिले उद्योगबाट उत्पादित गैँडाछाप सिमेन्टको मूल्य प्रतिबोरा ८२९ रुपैयाँ छ। उद्योगले दैनिक ६०० मेट्रिक टन सिमेन्ट उत्पादन गर्दै आएको छ।
 

Tata
GBIME
Nepal Life