BIZMANDU
www.bizmandu.com

एनआइसीको स्वीफ्ट ह्याकपछि अरु बैंक के गर्दैछन्?, राष्ट्र बैंकले डाक्यो सबै आइटी प्रमुखलाई

२०७४ कात्तिक ६

एनआइसीको स्वीफ्ट ह्याकपछि अरु बैंक के गर्दैछन्?, राष्ट्र बैंकले डाक्यो सबै आइटी प्रमुखलाई
एनआइसीको स्वीफ्ट ह्याकपछि अरु बैंक के गर्दैछन्?, राष्ट्र बैंकले डाक्यो सबै आइटी प्रमुखलाई

काठमाडौं। एनआइसी एसिया बैंकको स्विफ्ट ह्याक भएपछि नेपाल राष्ट्र बैंकले सबै बैंकका सुचना प्रविधि विभागका प्रमुखलाई छलफलका लागि बोलाएको छ। राष्ट्र बैंकका अधिकारीले प्रविधिक सुरक्षा र तयारीका बारेमा बुझ्न सोमबार उनीहरुसँग छलफल गर्न लागेको हो।
यता बैंकर्स संघले पनि एकदुई दिनमै आफ्ना सदस्य बैंकहरुसँग छलफल गर्ने भएको छ। हली तिहारका दिन ह्याक भएको सुचना आएपछि संघले सबै सदस्य बैंकलाई तत्कालै जानकारी गराएर उच्च सुरक्षा सतर्कता अपनाउन भनेको थियो।
 
'एनआइसीको केसपछि हामी सबै बैंकहरु अहिले निक्कै चनाखो भएर स्विफ्ट कारोबार गरिरहेका छौं' संघका अध्यक्ष अनिल शाहले बिजमाण्डूसँग भने, 'प्राविधिक र ब्यक्तिगत सुरक्षामा विशेष जोड दिएका छौं।'
 
हली तिहारको दिन एनआइसी एसियाको स्विफ्ट ह्याक भएपछि संघले तत्कालै सबै बैंकलाई खबर गरेर प्रणाली जाँच गर्न भनेको थियो। बिदाका दिन सबै बैंकले आवश्यक जाँचपड्ताल गरेको उनले जानकारी दिए।
 
'अहिले विशेष निगरानी नै बढाएका छौं' उनले भने, 'आन्तरिक प्रकृयादेखि पासवर्ड परिवर्तनसम्म गरेका छौं। वाहिर कसैले केही गरिरहेको छ कि भनेर सुरक्षामा पनि ध्यान बढाएका छौं।'

Tata
GBIME
Nepal Life