पछिल्लो केही वर्षदेखि बजेट र राजस्व प्रशासनमा विकृति देखिएको छ। बजेटभन्दा वाहिर रहेर खर्च गर्ने प्रवृतिले कानुनकै उपहास गरेको छ। राजस्व प्रशासनमा भन्सारबाटै एउटै प्रज्ञापनपत्रबाट दुर्इ ट्रक छुट्दा समेत राजनीतिक कारणले कारवाही नभएको अराजक अवस्था पनि छ। यस्ता गम्भिर प्रकृतिका घट्नाले अर्थमन्त्रालयको साख समेत गिरेको अवस्थामा अधिकारी अर्थसचिवको रुपमा आएका छन्।
—
काठमाडौं। शान्तराज सुवेदी अवकास भएपछि सरकारले अर्थ सचिवमा शंकरप्रसाद अधिकारीलार्इ नियुक्त गरेको छ। अधिकारी प्रधानमन्त्री कार्यालयमा सचिव थिए।
अर्थ सचिवको दौडमा प्रधानमन्त्री कार्यालयमा रहेका ङइन्द्र उपाध्याय र अख्तियार दुरुपयोग अन्सन्धान आयोगका सचिव राजन खनाल पनि थिए। महेश्वर न्यौपाने पनि अर्थ सचिवको दौडमा लागेका थिए। संभावित उमेद्वारमा राजश्व सचिव शिशिर ढुङ्गाना पनि थिए।
अधिकारीसँग पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय र गरीबी निवारण मन्त्रालयको अनुभव छ। अर्थसचिव भएर आएका अधिकारीसँग यहाँको पनि अनुभव छ। अधिकारीले अर्थमा सहसचिवका रुपमा काम गरिसकेका छन्।
अर्थको सहसचिव हुँदै गर्दा उनी अध्ययनका लागि बेलायत गएका थिए। उनले अध्ययन गरेर फर्किएपछि महालेखा नियन्त्रकको कार्यालयमा समेत काम गरे। कम बोल्ने, शालिन र भद्र सचिवको रुपमा उनलार्इ हेरिन्छ।
अधिकारीसँग पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय र गरीबी निवारण मन्त्रालयको अनुभव छ। अर्थसचिव भएर आएका अधिकारीसँग यहाँको पनि अनुभव छ। अधिकारीले अर्थमा सहसचिवका रुपमा काम गरिसकेका छन्।
—
अर्थ सचिवको दौडमा प्रधानमन्त्री कार्यालयमा रहेका ङइन्द्र उपाध्याय र अख्तियार दुरुपयोग अन्सन्धान आयोगका सचिव राजन खनाल पनि थिए। महेश्वर न्यौपाने पनि अर्थ सचिवको दौडमा लागेका थिए। संभावित उमेद्वारमा राजश्व सचिव शिशिर ढुङ्गाना पनि थिए।
—
अर्थमन्त्रालय ‘छुच्चो’ मन्त्रालयको रुपमा हेर्ने गरिन्छ। राज्यको ढुकुटी चलाउने मन्त्रालय भएकोले त्यसको रेखदेखको जिम्मा अर्थमन्त्रालयनै गर्छ। अर्थसचिवले जनताले तिरेको करलार्इ जोगाउनका लागि कडा रुपमा प्रस्तुत हुनुपर्छ।
बजेट कार्यान्वयन, राजस्व प्रशासनको प्रभावकारीता, बजेटको दूरुपयोग रोक्ने पहिलो दायित्व अर्थसचिवले नै गर्नुपर्छ।
‘शालिन मात्रै भएर हुँदैन उस्तै परे मन्त्रीलार्इ समेत हप्काएर जनताले तिरेको करको सदुपयोग गर्नुपर्छ’ एक पूर्व अर्थसचिवले भने, अर्थमन्त्रीलार्इ सम्झाएर देशको ढुकुटीको सही सदुपयोग गर्ने जिम्मा अर्थसचिवकै हो।‘
पछिल्लो केही वर्षदेखि बजेट र राजस्व प्रशासनमा विकृति देखिएको छ। बजेटभन्दा वाहिर रहेर खर्च गर्ने प्रवृतिले कानुनकै उपहास गरेको छ।
राजस्व प्रशासनमा भन्सारबाटै एउटै प्रज्ञापनपत्रबाट दुर्इ ट्रक छुट्दा समेत राजनीतिक कारणले कारवाही नभएको अराजक अवस्था पनि छ। यस्ता गम्भिर प्रकृतिका घट्नाले अर्थमन्त्रालयको साख समेत गिरेको अवस्थामा अधिकारी अर्थसचिवको रुपमा आएका छन्।