BIZMANDU
www.bizmandu.com

गभर्नरको दौडमा छुटेका युवराज भुसाल पुनर्निर्माण प्राधिकरणका सिइओ बन्न सफल, यस्ता छन् चुनौती

२०७४ कात्तिक ६

काठमाडौ। पूर्वसचिव युवराज भुसाललाई सरकारले पुर्निर्माण प्राधिकरणको सिइओमा नियुक्त गरेको छ। सोमवार बसेको मन्त्री परिषद्को बैठकले भुसाललाई सिइओमा नियुक्ति गर्ने निर्णय गरेको हो। 
 
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सीईओ) बाट आइतबार गोविन्दराज पोखरेलले राजिनामा दिएपछि भुसाल नियुक्त भएका हुन्।
 
भुसाल अर्थसचिवबाट अवकास भएका थिए। उनलाई गभर्नर बनाउनका लागि रामचन्द्र पौडेलले तत्कालिन प्रधानमन्त्री सुशिल कोइरालालाई दवाव दिएका थिए। 

अहिलेसम्म २ लाख ३५ हजार घर निर्माणधिन रहेको, पुस मसान्तसम्म ३ लाख पुग्ने र असार मसान्तसम्म ४ लाख निर्माणधिन हुनेछ। 

Tata
GBIME
Nepal Life