BIZMANDU
www.bizmandu.com

सरकारको मुख्यसचिवमा लोकदर्शन रेग्मी नियुक्त, गृह र अर्थ मन्त्रालयको समेत अनुभव

२०७४ कात्तिक ६

काठमाडौँ। सरकारको मुख्यसचिवमा लोकदर्शन रेग्मी नियुक्त भएका छन्। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले रेग्मीलाई मुख्यसचिवमा नियुक्त गर्ने निर्णय गरेको सूचना तथा सञ्चारमन्त्री मोहन बस्नेतले बताए।


 
रेग्मी अहिले गृह मन्त्रालयमा सचिव छन्।
 
मुख्यसचिव राजेन्द्रकिशोर क्षेत्रीले मंगलबारदेखि अनिवार्य अवकाश पाउँदैछन्। तत्कालीन मुख्यसचिव डा. सोमलाल सुवेदीले कार्यकाल सकिनुअघि नै एसियाली विकास बैंकको जागिरका लागि राजीनामा दिएपछि क्षेत्री मुख्यसचिव बनेका थिए। असार २९ गते क्षेत्री मुख्यसचिवमा नियुक्त भएका थिए। 
 
क्षेत्रीले अवकाश पाउने एक दिनअघि रेग्मीलाई मुख्यसचिवमा नियुक्त गरिएको हो।
 
मुख्यसचिवको दौडमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका दुई सचिव पनि थिए। सचिवद्धय शंकरप्रसाद अधिकारी र ङइन्द्रप्रसाद उपाध्याय मुख्यसचिवको दौडमा थिए।
 
तीन सचिव दौडमा भए पनि सत्ता समीकरण र राजनीतिक पहुँचका आधारमा रेग्मी मुख्यसचिव बन्ने धेरैको अनुमान थियो।

Tata
GBIME
Nepal Life