BIZMANDU
www.bizmandu.com

तीन महिनामा बाणिज्य बैंकहरुले ५४ अर्बले निक्षेप बढाएर ५१ अर्ब ऋण दिए, सिसिडीमा फेरि दवाव

२०७४ कात्तिक २

तीन महिनामा बाणिज्य बैंकहरुले ५४ अर्बले निक्षेप बढाएर ५१ अर्ब ऋण दिए, सिसिडीमा फेरि दवाव
तीन महिनामा बाणिज्य बैंकहरुले ५४ अर्बले निक्षेप बढाएर ५१ अर्ब ऋण दिए, सिसिडीमा फेरि दवाव

काठमाडौं। चालु आर्थिक बर्ष सुरु भएयता बाणिज्य बैंकहरुमा ५४ अर्ब रुपैयाँ निक्षेप थपिएको छ। असार अन्तिम साताबाट बढ्न थालेको निक्षेप त्यसयता निरन्तर बृद्धि भइरहेको छ।
 
असार मसान्तका दिन बाणिज्य बैंकहरुसँग  २० खर्ब ८७ अर्ब रुपैयाँ निक्षेप थियो। साउनमा २१ खर्ब १ अर्ब रुपैयाँ पुगेको थियो। भदौमा २१ खर्ब २७ अर्ब हुँदै असोजमा २१ खर्ब ४२ अर्ब रुपैयाँ पुगेको हो। 
 
जेठबाट सरकारले विकास निर्माणका लागि भुक्तानी गर्न थालेपछि साउनबाट निक्षेपमा सुधार देखिएको हो। रेमिट्यान्स आयमा सामान्य बृद्धिका साथै सरकारी खर्चका कारण बैंकको निक्षेपमा सुधार आएको बैंकरहरुको भनाइ छ।
 
निक्षेप बृद्धिकै हाराहारीमा ऋण पनि विस्तार भएको छ। बैंकहरुले चालु आर्थिक बर्ष सुरु भएयता ५१ अर्ब रुपैयाँ ऋण लगानी गरेका छन्। अब बैंकहरुको कुल लगानी १७ खर्ब ८७ अर्ब रुपैयाँ पुगेको छ।
 
असार मसान्तका दिन बैंकहरुले १७ खर्ब ३५ अर्ब ऋण प्रवाह गरेका थिए। साउनमा १७ खर्ब ३२ अर्ब, भदौमा १७ खर्ब ६३ अर्ब र असोजमा १७ खर्ब ८७ अर्ब रुपैयाँ पुर्याएका हुन्। दसैंतिहारका लागि सामान आयात गर्न भदौमा सबै भन्दा बढि ऋण गएको छ। 
 

Tata
GBIME
Nepal Life