BIZMANDU
www.bizmandu.com

सुन तोलामा दुई सय रुपैयाँ महँगो, पुग्यो ५१ हजार रुपैयाँ, चाँदीको चमक भने अझै फर्किएन्

२०७० बैशाख १०

सुन तोलामा दुई सय रुपैयाँ महँगो, पुग्यो ५१ हजार रुपैयाँ, चाँदीको चमक भने अझै फर्किएन्
सुन तोलामा दुई सय रुपैयाँ महँगो, पुग्यो ५१ हजार रुपैयाँ, चाँदीको चमक भने अझै फर्किएन्


काठमाडौं । मंगलवार तोलामा थप दुई सय रुपैयाँ बढेपछि सुन प्रतितोल ५१ हजार रुपैयाँ पुगेको छ । आइतवार तोलामा पाँच सय रुपैयाँ, सोमवार तीन सय रुपैयाँ र मंगलवार दुई सय रुपैयाँ गरी तीन दिनमा सुन हजार रुपैयाँ महँगो भैसकेको छ । अघिल्लो साता सुन लगातार दुई तीनसम्म ठूलो मात्रामा घटेपछि पछिल्लो दुई वर्षको न्युनत्तमस्तर प्रतितोला ४९ हजार पाँच सयमा झरेको थियो । अन्तराष्ट्रिय बजारमा पनि सुनले विस्तारै माथिल्लो बाटो समातेको छ ।
मंगलवार सुनको मूल्य निर्धारण गर्दा नेपाली मुद्रा केही केही कमजोर भएको थियो, त्यसको असर पनि परेको छ । प्रतिडलर ८६ रुपैयाँ ५० पैसाको स्तरमा झरेको डलर अहिले बढेर फेरी ८७ रुपैयाँको स्तरमा पुगेको छ । उता कमोडिटी बजारमा चाँदीको चमक भने अझै फर्किएको छैन् । चाँदी वितेको एक सातादेखि नेपालमा स्थिर छ ।

Tata
GBIME
NLIC