BIZMANDU
www.bizmandu.com

वीरगञ्ज-पथलैया सडकमा तीन नयाँ पुल बन्दै, यस्तो पुल जहाँ गाडी चलाउँदा पुलको अनुभुति हुँदैन

२०७४ कात्तिक १

वीरगञ्ज-पथलैया सडकमा तीन नयाँ पुल बन्दै, यस्तो पुल जहाँ गाडी चलाउँदा पुलको अनुभुति हुँदैन
वीरगञ्ज-पथलैया सडकमा तीन नयाँ पुल बन्दै, यस्तो पुल जहाँ गाडी चलाउँदा पुलको अनुभुति हुँदैन

काठमाडौं।वीरगंज-पथलैया व्यापारिक मार्गमा तीनवटा नयाँ पुल निर्माण हुने भएका छ।पूरानो पुललार्इ यथावत राखेर नयाँ पुल निर्माण हुनेछ।यो सडक ६ लेनको बनाउनेगरि निर्माण भइरहेको छ।

Tata
GBIME
Nepal Life

आयोजनाका इन्जिनियर अशोक यादवका अनुसार पुल निर्माणको लागि टेण्डर आब्हान भइसकेको छ।उनले तीन महिनाभित्र ठेक्का दिइसक्ने बताउँदै दुर्इ वर्षभित्र पुल निर्माण भइसक्ने दाबी गरे।पथलैयाबाट पाँच किलोमिटर अगाडि रहेको लल्काखोला र सिर्सियाखोलामा दुर्इवटा पुल निर्माण हुनेछ।सिर्सिया खोला दुर्इ ठाउँमा बाटोमा पर्ने भएकोले दुर्इ वटा पुल निर्माण गर्नुपर्ने भएको हो।

पथलैया-वीरगञ्ज सडक छ लेनमा ५० मिटरको चौडार्इ हुनेगरि भइरहेको छ।सडक अनुसारनै पुलको चौडार्इ र लेन कायम हुने यादबले बताए। यो पुलमा गाडी गुडाउँदा पुल नभर्इ सडक नै भएको अनुभुति हुने इन्जिनियर यादवले दाबी गरे।तीन वटा नयाँ पुल ७० करोड १० लाख  रुपैयाँ बराबरमा निर्माण हुनेछ।

पथलैया-वीरगञ्ज विस्तार कार्य ३७ प्रतिशत
पथलैया-वीरगंज व्यापारिक मार्ग विस्तार तथा स्तरोन्नतीको काम असोज मसान्त सम्म ३७ प्रतिशत सकिएको आयोजनाले दाबी गरेको छ।

गत साउनबाट  निर्माण कार्य थालिएको यो सडक ०७५ पुस मसान्तसम्म सम्पन्न गर्ने लक्ष्य लिर्इएको यादवले जानकारी दिए।विद्युतका पोल,टेलिफोनका तार,स्थानीय तहको निर्वाचन,बर्षायाम लगायतका कारणले निर्माणमा ढिलार्इ भएको उनले बताए।उनका अनुसार छठपछि सडक विस्तारको काम तीब्र बनाइने यादबले बताए।