काठमाडौं।गोल्डस्टार जुत्ताको आधिकारिक उत्पादक किरण सुज म्यानिफ्याक्चरले सुन्धाराको सिभिल मलमा पहिलो शोरुम खोलेको छ।
कम्पनीले जमलमा भने फ्रेन्चार्इजी शोरुम खोलेको छ।यो शोरुममा हात्ती छाप चप्पलदेखि गोल्डस्टार जुत्तासमेम पाइन्छ।सिभिल मलको चौथो तल्लामा शोरुम छ।कम्पनीकी बजार निर्देशक विदुशी राणाले ग्राहकको बढ्दो मागलार्इ ध्यान दिएर शोरुम संचालनमा ल्याउन लागेको बताए।उनले आगामी दिनमा फ्रेन्चार्इजी मोडलमा शोरुम खोल्न दिने बताउँदै इच्छुक व्यक्तिले कम्पनीमा सम्पर्क राख्न आग्रह गरे।यो जुत्ता भारतमा सबैभन्दा बढी निर्यात हुन्छ।
संसारकै चर्चित अनलाईन मार्केटप्लेस कम्पनी अलिबाबाको अनलाईन सपिङ साइटमा समेत गोल्डस्टार बिक्रीका लागि राखिएको छ। माओवादी जनयुद्धको समयमा स्वदेशमा लोकप्रिय बनेको यो ब्रान्डले विश्वबजारमा समेत स्थापित ब्रान्ड बनाउन सफल भएको छ ।मर्निङ वाक, सैनिक, प्रहरी तथा लडाकुहरुको रोजाईमा परेको गोल्डस्टार जुत्ताको माग विश्वबजारमा पनि छ ।
भारतको विभिन्न प्रान्तमा यसका आधिकारिक विक्रेताहरु रहेपनि पाकिस्तान लगायतका दक्षिण एसियाली मूलुकहरु तथा मध्यपूर्वी मूलुकहरुमा पनि अर्डर अनुसारका जुत्ताहरु निर्यात हुने गरेको कम्पनीले जनायो। नेपालमा उत्पादन हुने जुत्ताहरुमध्य ८० प्रतिशत जुत्ताहरु विदेशमा निर्यात हुने गरेका छन् । त्यसमध्ये निर्यातहुने अधिकांश जुत्ताहरुमा गोल्डस्टार जुत्ताले एकछत्र राज गरेको छ।