BIZMANDU
www.bizmandu.com

आठ वर्षपछि नेपाल बैंक नेप्सेमा, साउनमा सूचीकरण, असोजमा हकप्रद निष्काशन हुने

२०६९ साउन ८

आठ वर्षपछि नेपाल बैंक नेप्सेमा, साउनमा सूचीकरण, असोजमा हकप्रद निष्काशन हुने
आठ वर्षपछि नेपाल बैंक नेप्सेमा, साउनमा सूचीकरण, असोजमा हकप्रद निष्काशन हुने

काठमाडौं । आठ वर्षदेखि सुचीकरण खारेज भएको नेपाल बैंकको सेयर साउन अन्तिमबाट नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कारोबार हुने भएको छ । बैंकले हकप्रद सेयर जारी गर्न सेयर सुचीकरण गर्न लागेको हो । यसै महिनाको अन्तिमसम्म सेयर सुचीकरण गरिसक्छौं, बैंकका प्रमुख कार्यकारी अधिकृत महेश्वरलाल श्रेष्ठले भने, त्यसपछि हकप्रद सेयर निष्कासनको तयारी सुरु हुन्छ । बैंकमा सर्वसाधारण लगानीकर्ताको ४९.९४ प्रतिशत सेयर छ ।
बैंकले असोजमा हकप्रद सेयर निस्कासन गर्ने तयारी गरिरहेको छ । श्रेष्ठका अनुसार, मंसिरमा सेयर वाँडफाँड प्रकृयासमेत सक्ने गरी काम भइरहेको छ । सुचीकरण प्रक्रिया सुरु भइसकेको छ ।
बैंकले हकप्रद असोजमा निकाल्नका लागि सेयर निस्कासन तथा विक्री प्रबन्धकसमेत नियुक्त गरिसकेको छ । बैंकको अहिले चुक्ता पुँजी ३८ करोडबाट वढाएर चार अर्ब पु¥याउनका लागि हकप्रद सेयर निस्कासनको तयारी गरेको हो । सेयर निस्कासन गर्नु पूर्व सूचीकरण गर्नु पर्ने धितो पत्र ऐनले व्यवस्था गरेको छ । बैंकले पुँजी वृद्धि गर्न प्रति एक सेयर बराबर ९.५ प्रतिशतका दरले हकप्रद निष्कासन गर्न लागेको हो । आफ्नो भागको सेयर खरीद गर्न सरकारले अघिल्लो साता एक अर्ब ३७ करोड रुपैयाँ बैंकलाई दिने मन्त्रिपरिषदबाट निर्णय गरेको छ ।
नेपाल बैंकको वित्तीय स्वास्थ्य विग्रिएर बन्द हुने अवस्था आएपछि विश्व बैंकको ऋण सहयोगमा वित्तीय क्षेत्र सुधार कार्यक्रम लागू गरिएको थियो । कार्यक्रमका कारण बैंकको अवस्था सुधार आएको हो । वित्तीय अवस्था पुरै राम्रो हुन पुँजी वृद्धि गर्नु पर्ने भएकाले बैकले हकप्रद सेयर निकाल्न लागेको हो ।
बैंकमा सरकारको ४०.४९ प्रतिशत सेयर छ । वाणिज्य बैंकहरुको ४.९२ र अन्य वित्तीय संस्थाको ३.४२ प्रतिशत सेयर स्वामित्व छ । बैंकलाई ९ अर्ब ७४ करोड रुपैयाँ पुँजी कोष आवश्यक छ । पुँजी कोष बढाउन बैंकले निस्क्रिय अवस्थाका सम्पतिमध्ये २ अर्बको विक्री गर्ने छ । ७५ वर्ष पुरानो बैंकले आर्थिक बर्ष २०७१÷७२ पछि सेयरधनीलाई लाभांस वाँड्ने योजना बनाएको छ । सुधार कार्यक्रम लागू हुनु पूर्व बैंकको पुँजी कोष १२ अर्ब ५८ करोड रुपैयाँ ऋणात्मक थियो । अहिले यो कोष ४ अर्ब २२ करोडले ऋणात्मक छ ।

Tata
GBIME
Nepal Life