BIZMANDU
www.bizmandu.com

नेपाल वायुसेवा निगमले एयरबसलाई बैना पठायो, कर्मचारी सञ्चय कोषसँग नौ अर्ब ऋण लिने

२०७० बैशाख १०

नेपाल वायुसेवा निगमले एयरबसलाई बैना पठायो, कर्मचारी सञ्चय कोषसँग नौ अर्ब ऋण लिने
नेपाल वायुसेवा निगमले एयरबसलाई बैना पठायो, कर्मचारी सञ्चय कोषसँग नौ अर्ब ऋण लिने


काठमाडौँ । नेपाल वायुसेवा निगमले एयरबसलाई दुई न्यारो बडीका विमान खरिद गर्न पाँच लाख डलर (चार करोड ४० लाख रुपैयाँ) प्रतिबद्धता शुल्क पठाएको छ । कर्मचारी सञ्चय कोषबाट बिमान खरिदका लागि नौ अर्ब रुपैयाँ ऋण उठाउने प्रारम्भिक सहमति भएपछि निगमले प्रतिवद्धता रकम पठाएको हो ।
निगमले एयरबससँग दुईवटा ‘न्यारो बडी’ विमान खरिद गर्ने चैत २३ गते समझदारी पत्रमा हस्ताक्षर गरेको थियो । हस्तक्षर गरेको एक साता भित्र वैना पठाउनुपर्ने भए पनि ऋणमा प्रारम्भिक सहमति जुटाउन ढिला भएपछि निगमले १० दिन ढिला गरी रकम पठाएको हो ।

एयरबससँगको समझदारीअनुसार सन् २०१५ को फ्रेबु्रअरीसम्म एउटा र मार्चसम्म अर्को विमान नेपाल ल्याण्ड हुनेछ । विमान आउनुअघि निगमले अन्तराष्ट्रिय उडानका लागि विमान भाडामा लिने प्रारम्भिक निर्णय गरेको छ । निगमले अहिले दुई दशक पुराना दुई विमानबाट अन्तराष्ट्रिय उडान गरिरहेको छ ।
कोषले निगमलाई १२ प्रतिशत व्याजमा ऋण दिन प्रारम्भिक सहमति जनाएको छ । निगमलाई ऋण प्रवाह गर्न कोषले सरकारको जमानत मागेको छ । कर्मचारीको सञ्चय व्यवस्थापन गर्ने कोषसँग अहिले एक खर्ब २१ अर्ब रुपैयाँको पुँजी छ । यो पुँजीमध्ये कोषले साढे २३ अर्ब रुपैयाँ बैंकमा निक्षेप राखेको छ भने १५ अर्ब रुपैयाँको सरकारी ऋणपत्र खरिद गरेर राखेको छ । सञ्चय कोष स्वदेशी पुँजीमा निर्माण भैरहेको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको पनि सबैभन्दा ठूलो  ऋणदाता हो ।

Tata
GBIME
NLIC