BIZMANDU
www.bizmandu.com

ग्रामिण विकास बैंकको एफपिओ बाँडफाँड, ९७ हजार ५०० आवेदकलाई १० कित्ता दरले सेयर

२०७४ असोज ३१

काठमाडौँ। नेपाल ग्रामिण विकास बैंकले निष्कासन गरेको एफपिओको मंगलबार बाँडफाँड गरेको छ। आवेदक जति सबैलाई १० कित्ता शेयर बाँडफाँड गर्न नपुगेपछि गोलाप्रथावाट बाँडफाँड गरिएको छ। गोलाप्रथामार्फत ९७ हजार पाँच सय आवेदकले १० कित्ता शेयर पाएका छन्।
     
बैंकले नौ करोड ७५ लाख रुपैयाँ बराबरको नौ लाख ७५ हजार कित्ता शेयर निष्कासन गरेको थियो। जसमा दुई लाख ५० हजार पाँच सय २४ आबेदनबाट दुई अर्ब ६८ करोड ८६ लाख २९ हजार रुपैयाँ बराबरको आबेदन परेको प्रभु क्यापिटलले जनाएको छ।
 
बैंकले प्रति कित्ता एक सय रुपैयाँ अंकित मूल्यमा थप प्रिमियम बीना नै शेयर बिक्री गरेको थियो। बैंकका अनुसार न्यूनतम ५० कित्तादेखि अधिकतम चार हजार आठ सय ७० कित्तासम्मका लागि आवेदन परेको थियो। भदौ ३० गते आवेदन लिन बन्द भएको थियो।
 
बैंकले गत आर्थिक वर्षको अन्त्यसम्म ५५ करोड ७५ लाख रुपैयाँ चुक्ता पूँजी पुर्याएको छ भने गएको बर्ष बैंकले १६ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको  थियो। एफपिओ निष्कासनपछि बैंकको चुक्ता पुँजी ६५ करोड ५० लाख रुपैयाँ पुग्ने छ। हाल बैंकको प्रति सेयर आम्दानी २८ रुपैयाँ ९६ पैसा र प्रति सेयर नेटवर्थ १३१ रुपैयाँ १० पैसा रहेको छ।
 

Tata
GBIME
Nepal Life