BIZMANDU
www.bizmandu.com

सिटी एक्स्प्रेस मनी ट्रान्सफरको उत्सव एक्सप्रेस योजनाका विजेता घोषित, रेग्मीले जितिन् फ्रिज

२०७४ असोज २९

काठमाडौं । सिटी एक्स्प्रेस मनी ट्रान्सफरले उत्सव एक्सप्रेस योजना अन्तर्गत पाचौं हप्ताको  बिजेता घोषणा गरेको छ। ‘इलेक्ट्रोनिक लक्की ड्र’ मार्फत यम बहादुर दमाई, नन्दा कुमारी गुरुङ्, कल्पना मोक्तान, रमिना खातुन्, सुशिला ढुङ्गाना, बिष्णु मोक्तान, र ममता पुन मगर चाँदीको सिक्का विजेताका रुपमा छनोट भएका हुन्। यस्तै बिष्णु कुमार मगर ओप्पो फोन र देवीसरा रेग्मी रेफ्रीजेरेटर विजेता बनेका छन्।
 
सिटी एक्स्प्रेसले दशैं, तिहार र छठलाई लक्षित गरि उत्सव एक्सप्रेस योजना सञ्चालनमा ल्याएको थियो। योजना ९० दिनसम्म चल्ने जनाइएको छ।

Tata
GBIME
Nepal Life

योजना अन्तर्गत सिटी एक्सप्रेसबाट पैसा पठाउने उपभोक्ताले दैनिक रुपमा एक  तोला चाँदीका सिक्का, क्याप, टी सर्ट र किरिङ उपहार जित्न सक्छन्। त्यस्तै साप्ताहिक रुपमा एक जना भाग्यशाली विजेताले ओप्पो मोबाइल र हरेक महिना एक जनालाई एलजी रेफ्रिजेरेटर उपहार प्रदान गरिने कम्पनीले जनाएको छ। योजनाको अन्त्यमा एक जना भाग्यशाली विजेताले बम्पर उपहारका स्वरुप रेनो क्विड आरएक्सएल कार जित्नेछन्।