BIZMANDU
www.bizmandu.com

गण्डकी विकास बैंकले विर्तामोड र विराटनगरमा शाखा खोल्यो, नयाँ शाखा थप्दै जाने योजना

२०७४ असोज २७

गण्डकी विकास बैंकले विर्तामोड र विराटनगरमा शाखा खोल्यो, नयाँ शाखा थप्दै जाने योजना
गण्डकी विकास बैंकले विर्तामोड र विराटनगरमा शाखा खोल्यो, नयाँ शाखा थप्दै जाने योजना

काठमाडौं। गण्डकी विकास बैंकले झापाको विर्तामोड र मोरङको विराटनगरमा शाखा खोलेको छ। अब बैंकको शाखा संख्या ५७ पुगेको छ।


 
नयाँ शखाबाट निक्षेप संकलन, ऋण लगानीका साथै अन्तर बैंक कारोबार, आस्वा सेवासमेत उपलब्ध हुने छ। साथै नयाँ शाखामा एटिएम पनि जडान गरिएको छ।
 
बैंकले गत बर्ष १८ अर्ब ३३ करोड निक्षेप संकलन गरि १६ अर्ब ५१ करोड रुपैया ऋण लगानी गरेको थियो। बैंकले ८५ करोड सञ्चालन नाफा गरेको थियो। 

Tata
GBIME
Nepal Life