BIZMANDU
www.bizmandu.com

यस्तो छ तिहारको मसला बजार, असनमा भाइ मसलाको प्याकेट ६० रुपैयाँ देखि १५०० सम्म


यस्तो छ तिहारको मसला बजार, असनमा भाइ मसलाको प्याकेट ६० रुपैयाँ देखि १५०० सम्म
यस्तो छ तिहारको मसला बजार, असनमा भाइ मसलाको प्याकेट ६० रुपैयाँ देखि १५०० सम्म

काठमाडौं। तिहार नजिकिँदै जाँदा भाइ मसला एवं मिठाइका प्याकेट बजारमा आइ सकेका छन्। गत बर्षको तुलनामा मसलाको मूल्य यसपाली केही घटबढ भएको व्यापारीहरु बताउँछन्।

Tata
GBIME
Nepal Life


 

प्रायः तिहारमा उपभोग हुने मरमसला विदेशबाट आउने गरेको छ। पिस्ता, बदाम लगायतका मसला अमेरिकाबाट एवं ल्वाङ, सुकुमेल लगायत दक्षिण अफ्रिकी मुलुक ग्वाटेमालबाट आयात हुने गरेको असन स्थित व्यवसायी सजिब बज्राचार्यले बताए।
 
असन बजारमा भाइटीकामा दिदी बहिनीले दाजुभाइलाई उपहार दिने मरमसलाको प्याकेटको मूल्य ६० रुपैयाँ देखि साढे १४०० रुपैयाँसम्म छ। भारतबाट आयात गरिने मरमसलाहरुको मूल्य जिएसटी (गुड सर्भीस ट्याक्स) का कारण अन्य देशको तुलनमा महंगिएको वज्राचार्यको भनाइ छ।
 
गत वर्षको तुलनामा काजुको मूल्य किलोमा ५० रुपैयाँले बढेको छ। गत वर्ष काजुको मूल्य प्रतिकिलो एक हजार ६५० रुपैयाँ थियो। यो यसपाली एक हजार ७०० रुपैयाँ पुगेको हो। 
 
त्यस्तै नरीवलको मूल्य गत वर्षको तुलनामा ५० प्रतिशत हाराहारीले बढेको अन्नपूर्ण ड्राइफूड स्टोरका संचालक सुरेश प्रजापतीले जानकारी दिए। गतवर्ष नरिवलको मूल्य किलो  ३०० रुपैयाँ रहेकोमा अहिले त्यो ४५० रुपैयाँ पुगेको प्रजापतीले बताए।
 
यो बर्ष अलैंची भने सस्तो भएको छ। गत बर्ष यहि बेला अलैंचीको मूल्य किलोको झण्डै तीन हजार रुपैयाँ थियो। त्यो अहिले एक हजार २०० सय रुपैयाँमा झरेको छ।