BIZMANDU
www.bizmandu.com

भैसेपाटीमा अन्तर्राष्ट्रिय स्तरको हस्पिटल नेपाल मेडिसिटी संचालनमा, हस्पिटलमा ७५० शैय्या

२०७४ असोज २५

भैसेपाटीमा अन्तर्राष्ट्रिय स्तरको हस्पिटल नेपाल मेडिसिटी संचालनमा, हस्पिटलमा ७५० शैय्या
भैसेपाटीमा अन्तर्राष्ट्रिय स्तरको हस्पिटल नेपाल मेडिसिटी संचालनमा, हस्पिटलमा ७५० शैय्या

काठमाडौं। गैरआवासीय नेपाली डा.उपेन्द्र महत्तोको लगानीमा भैसेपाटीमा अन्तर्राष्ट्रिय स्तरको हस्पिटल नेपाल मेडिसिटी बुधवारदेखि संचालनमा आएको छ।

Tata
GBIME
Nepal Life

विदेशी नागरिकलार्इ समेत स्वास्थ्य उपचारमा आकर्षित गर्ने उदेश्यसहित १ सय २० रोपनी क्षेत्रफलमा साढे सात सय शैय्याको हस्पिटल स्थापना गरिएको हो। सुरुवातमा साढे ३०० शैय्या संचालनमा ल्याइएको छ। हस्पिटलको डा.महतो, नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्मा, नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकाल, गैरआवासिय नेपाली संघका अध्यक्ष शेष घले, पूर्व अध्यक्ष डा. जीवा लामिछाने एवं उपाध्यक्षद्धय भवन भट्ट र कुमार पन्तले संयुक्त रुपमा उद्घाटन गरे।

यो नेपालमा स्थापना भएको सबैभन्दा ठूलो र महत्वाकांक्षी प्रोजेक्ट हो। मेडिकल टुरिजमलार्इ प्रवर्द्धन गर्ने उदेश्यसहित स्थापना गरिएको हस्पिटल भौतिक पूर्वाधार र प्रविधिले दक्षिण एशियाकै राम्रो हस्पिटलभित्र पर्ने प्रवर्द्धकको दाबी छ। चक्रपथबाट ६ सय मिटरको दूरीमा हस्पिटल छ। हस्पिटलका अध्यक्ष महत्तोका अनुसार हस्पिटलमा पूर्णकालिन चिकित्सक रहनेछन् जसले वाहिर कुनैपनि हस्पिटल र निजी क्लिनिकमा काम गर्न पाउने छैनन्।

‘हामीले यो हस्पिटल बनाउँदा कुनै सम्झौंता गरेका छैनौ। त्यसैले हस्पिटलमा कार्यरत रहने चिकित्सकहरुले वाहिर अरु कुनै हस्पिटलमा विरामी हेर्नुहुँदैन’उनले बिजमाण्डूसँग भने,राम्रा चिकित्सकहरुले मैले थालेको योजनालार्इ मूर्तरुप दिन यो हस्पिटलमा मात्रै काम गर्ने प्रतिवद्धता गरेर आउनुभएको छ। ‘६ लाख स्क्वायर फूटमा निर्माण भएको हस्पिटलको इन्टेरियरमा पनि विशेष ध्यान दिइएको छ। हस्पिटल फाइभ स्टार स्तरको भएपनि सेवा शुल्क महँगो नरहेको उनले दाबी गरे। हस्पिटलमा उत्कृष्ट एम्बुलेन्स सेवासहित हेलि एम्बुलेन्स सेवा समेत छ।