यही भएकाले कुनैपनि नाराको अन्तमा प्रश्नवाचक चिन्ह हुँदैन।'अवकी बार मोदी सरकार', 'हरहर मोदी' र 'सवका साथ सवका विकास'जस्ता नारा प्रधानमन्त्री नरेन्द्र मोदीको सरकार तीन वर्ष दमदार रह्यो।नोटबन्दीजस्तो कठिन अवस्था अनुभव गरेका भारतीय जनताको विश्वास कायम रह्यो।यो नाराको खिल्ली उडाएर तीन वर्ष कुनै प्यारोडी बनेन् तर अहिले समाजिक संजालमा विभिन्न प्यारोडी भाइरल बन्न थालेको छ।कुनैपनि लोकप्रिय नारालार्इ खिल्ली उडाउन सजिलो हुँदैन।
जबसम्म जनताको विश्वास नाराप्रति हुन्छ तबसम्म प्यारोडी पनि बन्दैन।तर अहिले फेसबुक र ह्वाट्सएपमा मोदीको नारा विरुद्धका प्यारोडी भाइरल हुन थालेको छ।यो भाइरल हुनु भनेको जनताको मन परिवर्तन भएको छ।केही समय पहिलासम्म समाजिक संञ्जालमा सबैभन्दा लोकप्रिय प्रधानमन्त्रीको रुपमा मोदीको चर्चा हुने गर्थ्यो।यो उनको लोकप्रियताको मानक समेत थियो।मोदी सरकार चालिस महिना पूरा गर्दा धेरै नारामा प्रश्नवाचक चिन्ह लाग्न थालेको छ।उनका नारा खोटा सिक्का जस्तै बनेको छ।अझ उनलेनै सर्जिकल स्ट्राइक गरेर पाँच सय र हजारको नोट जसरी खोटो बनाएका थिए त्यसैगरि उनको नारा जनताका लागि खोटा सावित हुन थालेको छ।
विपक्ष कमजोर भएपनि भाजपाभित्रका यशवंन्त सिन्हा,अरुण शौरी,कीर्ति आजाद र शत्रुघ्न सिंन्हा लगायतले सरकारको खुलेर आलोचना गर्न थालेका छन्।उत्तर प्रदेशका स्वास्थ्यमन्त्री सिद्धार्थनाथ सिंहले सेप्टेम्बरमा हरेक वर्ष बालबालिका मर्छन भन्ने भनार्इ र केन्द्रीय मन्त्री पियुष गोयलले बेरोजगारी सम्वन्धी बहसमा यो राम्रो संकेत हो भन्ने भनार्इले सरकारप्रति नकारात्मक धारणा बढायो।जिएसटीमा गुजरातमा मात्रै होइन सुरत र राजकोटमा समेत विशाल प्रदर्शन गरे।गुजरातमा चुनाब नजिकिदैछ जहाँ एउटा दल लामो समयसम्म सत्तामा छ तर विपक्षी धेरै कमजोर छ।तर केही समयअघि राहुल गान्धीले धेरै र्याली गरिसकेका छन्।
दबङ पटेल समेत सरकारसँग रुष्ट भएकोले दलितसँग विजेपीलार्इ साथ दिने कुनै गुन्जायस छैन।यति हुँदाहुँदै पनि गुजरातमा विजेपी हार्ने कुनै भबिष्यवाणी छैन।विजेपीका दुर्इ शक्तिशाली नेताको भबिष्य यही गुजरातसँग जोडिएको छ।अमित शाहको छोरा विवादमा मुछिएकोले यसको असर कति हुने हो अहिले आंकलन गर्न कठिन भएको छ।
वंशवाद र भष्ट्राचार भन्दा माथि रहने प्रतिवद्धतामा शाहले नैतिक बल गुमाउनेछन्।गुजरातको चुनाब जित्नका लागि 'संकल्प से सिद्धि'नाराबाट जनताको विश्वास जित्न कडा मेहनत गर्नुपर्ने देखिन्छ।विकास र हिन्दुत्वको सामजस्यतासहित सन् २०१४मा सत्तामा आएका मोदीका अगाडि चुनौतिहरु थपिएका छन्।अहिलेको भारतीय अर्थतन्त्रमा सन् २०१९मा विकासको ठूलो काम गर्न वा करोड जनतालार्इ रोजगारी दिन असम्भव प्रायनै छ।