BIZMANDU
www.bizmandu.com

अझै पनि किन उस्तै छ राणाहरुको रवाफ तस्वीर समाचार

२०६९ साउन ८

अझै पनि किन उस्तै छ राणाहरुको रवाफ तस्वीर समाचार
अझै पनि किन उस्तै छ राणाहरुको रवाफ तस्वीर समाचार

काठमाडौं । नेपालमा राणाहरुको समय उहिल्यै सकियो भन्ने कसैलाई लागेको छ भने त्यो गलत हुन्छ । किनभने ६० वर्ष पहिले नेपालमा राणातन्त्र सकिए पनि उनीहरुको विरासत अझै सकिएको छैन्, भलै राणाहरुको राजनीतिमा दाउपेच कम लाग्छ होला तर व्यापार, फेसन, जीवनशैलीमा उनीहरु कुनै पनि दृष्टिकोणबाट कम छैन । औपचारिक रुपमा राणाहरु रुलर नहोलान् तर अनौपचारिक रुपमा उनीहरु अहिले पनि नेपालका रुलर हुन् । शाहाहरुले सहायक बनाएर राणाहरुले नेपालमा १०४ वर्ष राज्य गरे, धेरै नगरे पनि काठमाडौंमा ठूला–ठूला महलहरु बनाए, जुन महलका कारण आज नेपालको प्रशासनिक केन्द्र सिंहदरवारका लागि भाडाको घर खोज्नु परेको छैन्, राष्ट्रपति कार्यालय र निवासका लागि घर खोज्दै हिंड्नुपरेको छैन्, निर्वाचन आयोग, राष्ट्र बैंक र उपराष्ट्रपतिको कार्यालय ढुक्कसँग बस्न पाएका छन् ।
राणाहरुले सति प्रथा उन्मुलन गरे, त्यति मात्र होइन, उनीहरुले आफ्ना लागि पनि कमाए । छोराछोरीलाई युरोप पढाए, अमेरिकामा हुर्काए । युरोपमा पढेका, अमेरिकामा अध्ययन गरेका छोराछोरीहरु अहिले बैंकर बनेका छन्, नेता छन्, पाइलट छन्, आर्मीमा जनरल छन् । सबैभन्दा महत्वपूर्ण उनीहरुको समाजमा अझै पनि रवाफ छ । इटालीका फोटोग्राफर माइकेली ब्रोजोनीले यीनै राणाहरुलाई कैद गरेर टेरा परियोजनाका लागि फोटो डकुमेन्ट्रि तयार पारेका छन् । नेपालका राणाहरु, जसको रवाफ यो फोटो फिचरमा यसरी देखाइएको छ ।

Tata
GBIME
Nepal Life


फेशनमा रजनी: रजनी मल्ल फिस्टोलेराले इटालीका उद्योगपतिसँग विवाह गरेकी छन्, रजनीकी आमा राणा हुन् । रजनीले बेलायतको अमेरिकन कलेजमा फेशन डिजाइन अध्ययन गरेकी छन् । उनको अहिले जरेन पाश्मिना नामको कम्पनी छ । यो कम्पनी विश्वप्रसिद्ध ब्राण्डहरु अरमानी, मिला, फेन्दी र लुइस भिटोनसँग नजिक रहेर काम गर्छ ।


गम्भीर गौतम: गौतम शम्सेर जवरा मोहन चन्द्र शम्सेरका नाती हुन्, यो तस्वीरमा गौतमको साथमा कुमारी भावना चौहन छन्, कुमारी भारतको ओर्का र धानी राजघरानाकी छोरी हुन् । गौतम काठमाडौं उपत्यका संरक्षण ट्रष्टका निर्देशक हुन्, यो अमेरिका आधारित गैरसरकारी संस्था हो ।


लोकका लोकभक्त : लोकभन्दा राणा महाराजा चन्द्र शम्सेरा नाती हुन्, यो तस्वीरमा लोकभक्त श्रीमती कविता रणाका साथमा छन् । तस्वीरमा देखिने बाघ लोकभक्ताका पिताले सिकार गरेका थिए । लोकभक्त देशमा कहलिएका वकिल हुन्, उनी सर्वोच्च अदालतमा वकालत गर्छन ।


सर्वज्ञको साहस: सर्वज्ञ राणा चन्द्र शम्सेरका पनाती हुन्, यो तस्वीरमा सर्वज्ञ श्रीमती संगिता राणाका साथमा छन् । सर्वज्ञ नेपाल एअरलाइन्सका पाइलट हुन् ।


पृथ्वीकी प्रतिमा: प्रतिमा पाण्डे महाराज देव शम्सेरकी पनातिनी हुन्, उनले न्युयोर्कको युनाइटेड नेशनस् स्कुलमा अध्ययन गरेकी थिइन, उनी श्रीलंका र अफगानिस्तान पनि पुगिन, किनकी उनका पिताजले युनाइटेड नेशनका लागि ती देशमा काम गरेका थिए । प्रतिमाका पति पृथ्वीबहादुर पाण्डे केही साता अघिसम्म नेपालमा सबैभन्दा बढी तलव खाने नेपाली थिए । वर्षमा एक करोड ७५ लाख कमाउने पाण्डेले नेपाल इन्भेष्टमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृतबाट राजिनामा दिए पनि उनी बैंकका अध्यक्ष अझै छन् ।


पद्यमासँग डप्पी: पद्यमा साह आफ्नो कुकर डप्पीसँग, पद्यमा पनि विहे पहिले राणा थिइन, उनी अहिले साथी नामको गैरसरकारी संस्थाकी अध्यक्ष हुन्, यो संस्था महिला माथि हुने हिंसा विरुद्ध काम गर्छ । पद्यमाका सासु र ससुराको जेठ १९ मा भएको दरवार काण्डमा हतया भएको थियो ।


हिमाल जस्तै हिमालयन: हिमालयन शम्सेर जवरा हिमालयन बैंकका संस्थापक हुन्, उनी नेपाल राष्ट्र बैंकको पहिलो गभर्नर हुन् । यो तस्वीरमा हिमालयकी श्रीमती विजय राज्यलक्ष्मी राणाको पनि तस्वीर छ । हिमालय शम्सेर देव शम्सेरका नाती हुन् । उनले पहिले भारतमा अध्ययन गरे, पछि हावर्ड विश्वविद्यालयबाट कानूनमा पढाई गरे । सन् १९५१ मा २४ वर्षको उमेरमा हिमालय शम्सेर अर्थसचिव बनेका थिए, त्यतिवेला पढेका थोरै नेपालीमध्ये उनी एक थिए ।


संगिताको वेग्लै सानः संगिता थापा हिमालय शम्सेर जवराकी छोरी हुन्, उनका पति सुनिलबहादुर थापा पूर्वप्रधानमन्त्री सुर्यबहादुर थापाका छोरा हुन् । यो तस्वीरमा संगिता, सुनिल, सूर्यबहादुर, सिद्धार्थ र सितास्मा पनि छन् । संगिता सिद्धार्थ आर्ट ग्यालरीकी सञ्चालक हुन्, उनका पति सुनिल संयुक्त राष्ट्र संघमा काम गर्छन ।


आदर्श अशोक : अशोक शम्सेर जवरा पनि हिमालय शम्सेर जवराका छोरा हुन्, अशोक अहिले हिमालयन बैंकमा प्रमुख कार्यकारी अधिकृत छन्, वर्षमा एक करोड १५ लाख रुपैयाँभन्दा बढी तलव खान्छन्, अशोकसँग श्रीमती चन्दा राणा छन्, चन्दा पनि काठमाडौं उपत्यकालाई हरियो बनाउने एउटा सामाजिक अभियानकी सदस्य हुन् ।