BIZMANDU
www.bizmandu.com

प्रणव मुखर्जी बन्ने भए भारतको १३ औं राष्ट्रपति, नेपाललाई के होला ?

२०६९ साउन ७

प्रणव मुखर्जी बन्ने भए भारतको १३ औं राष्ट्रपति, नेपाललाई के होला ?
प्रणव मुखर्जी बन्ने भए भारतको १३ औं राष्ट्रपति, नेपाललाई के होला ?

नयाँदिल्ली । भारतको १३ औं राष्ट्रपतिका रुपमा पूर्व वित्तमन्त्री प्रणव मुखर्जीले आइतवार विजय हाँसिल गरेका छन् । नेपालसँग निकट सम्वन्ध भएको भनिएका बंगाली दादाका नामले चिनिने प्रणवलाई भारतको सत्तारुढ गठबन्धन युपिएले राष्ट्रपतिको उम्मेदवार बनाएको थियो । १९ जुलाईमा भएको मतदानको आइतवार मतगणना गरिएको हो ।
मुखर्जीको टक्करमा भारतीय जनता पार्टीले पूर्व सभामुख पिए संगमालाई मैदानमा उतारेको थियो । मुखर्जीले आइतवार दिउँसो १५ राज्यको मतगणना हुनु अगावै बहुमतका लागि आवश्यक पाँच लाख १८ हजार मूल्यको मत ल्याएका थिए ।
भारतमा राज्यसभा, विधानसभाका सदस्यहरुले दिएको भोटलाई निश्चिक अंक मानेर (इलेक्ट्रोरल)को माध्यमबाट राष्ट्रपति चुनाव हुने गर्दछ । प्रणव मुखर्जीलाई ममता वनर्जीले नेतृत्व गरेको तृणमुल काँग्रेसले मतदान गर्ने भएपछि उनको जित सुनिश्चित भएको थियो ।
मुखर्जीलाई युपिएबाहेक सामाजवादी, बहुजन समाज पार्टी, राष्ट्रिय जनता दल र जनता दल (सेक्युलर)ले पनि मतदान गरेका थिए । यसबाहेक एनडीएको सहयोगी जनता दल (युनाइटेड), शिव सेना र माक्र्सवादी कम्युनिष्ट पार्टी (सीपीएम)ले पनि प्रणवलाई समर्थन गरेका थियो ।
राष्ट्रपति निर्वाचित मुखर्जी र नेपालका राष्ट्रपति डा. रामवरण यादववीच विशेष सम्वन्ध छ । राष्ट्रपति यादवले भारतको कलकत्तामा आफ्नो अध्ययन गरेका थिए भने मुखर्जीले त्यहींबाट राजनीति सुरु गरेका थिए । अर्थमन्त्रीका रुपमा मुखर्जी नेपाल आउँदा राष्ट्रपति यादवले विशेष सम्मान दिएका थिए भने यादव भारत पुग्दा पनि उनले यादवलाई विशेष अतिथीका रुपमा स्वागत गरेका थिए ।
राष्ट्रपतिमा उम्मेदवारी दिने भएपछि मुखर्जीले वित्तमन्त्रीबाट राजिनामा दिएका थिए । उनी मन्त्री छँदा सरकारमा प्रधानमन्त्रीपछि वरिष्ठ मन्त्रीको हैसियतमा थिए ।

Tata
GBIME
Nepal Life