BIZMANDU
www.bizmandu.com

दुर्इ जीवन बीमा कम्पनीको शुभारम्भ, बीमाकोषको सुरक्षाको लागि छुट्टै ऋणपत्र जारी गर्न आग्रह

२०७४ असोज ६

काठमाण्डौं। सन नेपाल लाइफ इन्स्योरेन्स र युनियन लाइफ इन्स्योरेन्स कम्पनीले आजदेखि व्यवसाय शुभारम्भ गरेका छन्। दुबैले आफ्नो व्यवसाय सुरुवात गरे सँगै युनियन लाइफ इन्स्योरेन्स व्यवसाय शुरु गर्ने दोस्रो र सन नेपाल लाइफ इन्स्योरेन्स तेस्रो कम्पनी भएका छन्।

Tata
GBIME
Nepal Life

सन नेपाल लाइफ इन्स्योरेन्सको उद्घाटन कार्यक्रममा बीमा समितिका अध्यक्ष चिरञ्जिवी चापागार्इले बीमा कम्पनीले संकलन गरेको पूँजी सदुपयोग गर्न नेपाल सरकारलार्इ छुट्टै ऋणपत्र तयार पार्न अनुरोध गर्ने बताए। बीमा कम्पनीको नाफा नोक्सानमा बैंकको ब्याजदरले प्रभाव पारको हुँदा नेपाल सरकारलार्इ बीमा कम्पनी कै लागि भनेर छुट्टै ऋणपत्र जारी गर्न अनुरोध गरिने बीमा समितिका अध्यक्ष चापागार्इको भनार्इ छ।

नयाँ कम्पनी आएसँगै कम्पनीहरु बीच कर्मचारीको ताना तान रोक्न समेत उनले  बीमा कम्पनीहरुलार्इ  निर्देशन दिए। बजारमा प्रशस्त योग्य दक्ष जनशक्ति रहेको भन्दै उनले नयाँ जनशक्तिलार्इ  तालिम दिएर बीमा ब्यवसाय संचालन गर्नुपर्ने धारणा राखे।
बीमा र बैंक १० बर्षको अन्तरालमा स्थापना भएको भए पनि आज बैंकको कभरेज ६० प्रतिशत भन्दा माथि छ र बीमाको मात्र ८ प्रतिशत छ।

त्यसैले बीमालार्इ पनि बैंकको जस्तै कभरेज बढाउन नयाँ थप १० जीवन बीमा कम्पनीलार्इ लाइसेन्सको लागि अनुमति दिइएको उनले बताए।

सननेपाल लाइफ इन्स्योरेन्स कम्पनीको ब्राण्ड एम्बेसडर हास्य कलाकार सिताराम कट्टेल(धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) रहेका छन्।

जीवनको ग्यारेन्टी नभएको हुँदा जीवन बीमा अपरिहार्य रहेको सिताराम कट्टेलले बताए।

नेपालमा बीमा व्यावसाय बृद्धि गर्न आफुहरु लागि पर्ने उनले कार्यक्रममा  प्रतिबद्धता व्यक्त गरे।

बीमा समितिको निर्देशनमा रहेर मात्र जीवन बीमा व्यवसाय संचालन गर्ने कम्पनीका अध्यक्ष अनुज कयालले बताए।

त्यस्तै नेपालको जीवन बीमा क्षेत्रमा आफ्नो कम्पनीले स्वस्थ प्रतिस्पर्धा गर्ने कम्पनीका संचालक प्रमोद कुमार अग्रवालले धारणा राखे।