BIZMANDU
www.bizmandu.com

महिना दिनमा ६ अर्ब ६८ करोडको सामान बिक्री हुँदा ७७ अर्ब २८ करोडको खरीद, पर्यटन आय बढ्यो

२०७४ असोज ६

महिना दिनमा ६ अर्ब ६८ करोडको सामान बिक्री हुँदा ७७ अर्ब २८ करोडको खरीद, पर्यटन आय बढ्यो
महिना दिनमा ६ अर्ब ६८ करोडको सामान बिक्री हुँदा ७७ अर्ब २८ करोडको खरीद, पर्यटन आय बढ्यो

काठमाडौं। आर्थिक बर्षको पहिलो महिना नै कुल बस्तु निर्यात घटेको छ। निर्यात ३.९ प्रतिशतले घटेर एक महिनामा ६ अर्ब ६८ करोड रुपैयाँ मात्र भित्रिएको छ। अघिल्लो बर्ष ७.७ प्रतिशतले बढेको थियो।
 
बस्तु आयात भने ९.३ प्रतिशतले बढेर ७७ अर्ब २८ करोड रुपैयाँ पुगेको छ। भारतबाट ९ प्रतिशत, चीनबाट १४.२ प्रतशित र अन्य मुलुकबाट ७.१ प्रतिशतले आयात बढेको छ। खासगरी पेट्रोलियम पदार्थ, सुन, सिमेन्ट र हवाइजहाजका पार्टसको आयात बढेको छ।
 
निर्यातभन्दा आयात उच्च हुँदा कुल बस्तु ब्यापार घाटा १०.७ प्रतिशतले उक्लिएको छ। महिना दिनको ब्यापार घाटा ७० अर्ब ६० करोड रुपैयाँ पुगेको छ।
 
चालु बर्षको पहिलो महिना कुल सेवा आय २०.१ प्रतिशतले बढ्दा खर्च भने ८.४ प्रतिशतले मात्र उक्लिएको छ। यद्यपी खुद सेवा आय घाटा भने २ अर्ब ३६ करोड रुपैयाँ छ। पर्यटन आय करिव १८ प्रतिशतले बढेर ४ अर्ब २६ करो८ पुगेको छ। 
 
 
 

Tata
GBIME
Nepal Life