BIZMANDU
www.bizmandu.com

राष्ट्रिय बाणिज्य बैंक र नेपाल टेलिकमले मागे कर्मचारी, बैंकमा ५७१ र एनटिसीमा ३८ जना माग

२०७४ असोज ६

राष्ट्रिय बाणिज्य बैंक र नेपाल टेलिकमले मागे कर्मचारी,  बैंकमा ५७१ र एनटिसीमा ३८ जना माग
राष्ट्रिय बाणिज्य बैंक र नेपाल टेलिकमले मागे कर्मचारी, बैंकमा ५७१ र एनटिसीमा ३८ जना माग

काठमाडौं। राष्ट्रिय बाणिज्य बैंक र नेपाल टेलिकमले ठूलो संख्यामा कर्मचारी माग गराक छन्। राष्ट्रिय बाणिज्य बैंकले मुख्य प्रबन्धकदेखि सहायक स्तरका कर्मचारी गरी ५७१ जना माग गरेको छ। त्यस्तै नेपाल टेलिकमले पनि उपप्रवन्धकदेखि सहायक अधिकृतसम्मको लागि बिज्ञापन गरेको छ। 
 
राष्ट्रिय बाणिज्य बैंकले मुख्य प्रवन्धक एक जना, वरिष्ठ प्रवन्धक दुर्इ जना, प्रबन्धक ४ जना, प्रबन्धक सुचना प्रविधि एक जना, उपप्रवन्धक ८ जना, उप प्रबन्धक लेखा ५ जना, सहायक प्रबन्धक ८५ जना, सहायक प्रबन्धक कानुन ६ जना, सहायक प्रबन्धक इन्जिनियर ३ जना, सहायक प्रवन्धक लेखा १६ जना, सहायक प्रबन्धक कृषि ७ जना, बरिष्ठ सहायक ५६ जना, बरिष्ठ सहायक नगद ३० जना, बरिष्ठ सहायक कम्प्युटर अपरेटर ६ जना, सहायक २४६ जना, सहायक नगद ४० जना, सहायक कम्प्युटर ५५ जना कर्मचारी मागेको छ।
 
नेपाल टेलिकमले ९औं तहको उपप्रवन्धक  सहित उपप्रबन्धक एक एक जना मागेको छ। टेलिकमले बरिष्ठ इन्जिनियर १७ जना, सहायक स्तरका अधिकृत चार जना र ११ जना टेक्निसियनको बिज्ञापन खुला गरेको छ। 
 
बाणिज्य बैंकमा असोज ८ देखि कार्तिक ६ गतेसम्म आवेदन दिन पाइन्छ। नेपाल टेलिकममा आज (असोज ६ गते) को मितिले ३० दिनभित्र आवेदन दिनु पर्ने टेलिकमले जनाएको छ।

Tata
GBIME
Nepal Life