BIZMANDU
www.bizmandu.com

साझाले दशैंमा लामो दूरीमा बस नचलाउने, काठमाडौं –बाग्लुङ रुटमा मात्रै साझाका बस

२०७४ असोज ५

साझाले दशैंमा लामो दूरीमा बस नचलाउने, काठमाडौं –बाग्लुङ रुटमा मात्रै साझाका बस
साझाले दशैंमा लामो दूरीमा बस नचलाउने, काठमाडौं –बाग्लुङ रुटमा मात्रै साझाका बस

काठमाडौ।नारायणगढ-मुग्लिन सडकका कारण साझा यातायातले लामो दुरीका बस यो बर्षको दशैमा सञ्चालन नगर्ने भएको छ।

Tata
GBIME
Nepal Life


लामो दुरीका सबै सडकहरुको दुरावस्था र मुख्य गरि नारायणगढ-मुग्लिन सडकखण्डकका कारण यो बर्षको दशैमा लामा दुरीका लागि बसहरु सञ्चालन गर्न नसकिएको साझाका कार्यकारी प्रमुख महेन्द्रराज पाण्डेले बताए। उनले अहिले बाग्लुङमा मात्रै बस संचालनमा रहेको बताए।०७३ सालको दशै,तिहार तथा छटपर्वमा साझाले ८ वटा ठुला बस सञ्चालन गरेको थियो ।

काठमाडौ-वीरगञ्ज,काठमाडौ-लुम्विनी,काठमाडौ-गोरखा, लगाएतका रुटमा बसहरु सञ्चालनमा थिए। तर यो बर्ष भने काठमाडौ बागलुङ बाहेकका कुनै पनि रुटमा बस सेवा संचालन हुँदैनन्।