BIZMANDU
www.bizmandu.com

चाडपर्वमा गाडी र बाइक बिक्री गर्ने प्रतिस्पर्धा, शोरुममा ग्राहकको भीड, कसले कति बेच्दैछन् गाडी


चाडपर्वमा गाडी र बाइक बिक्री गर्ने प्रतिस्पर्धा, शोरुममा ग्राहकको भीड, कसले कति बेच्दैछन् गाडी
चाडपर्वमा गाडी र बाइक बिक्री गर्ने प्रतिस्पर्धा, शोरुममा ग्राहकको भीड, कसले कति बेच्दैछन् गाडी

काठमाडौं।‘फेस्टिभ सिजन’सँगै सवारी साधन बिक्रीमा प्रतिस्पर्धा सुरु भएको छ।

Tata
GBIME
Nepal Life


सवारी साधन कर्जामा ‘रिल्याक्सेशन’पछि ‘फेष्टिभ सिजन’मा गाडी बेच्ने प्रतिस्पर्धा सुरु भएको हो।राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत सवारी साधन कर्जा सीमा ६५ प्रतिशतमा पुर्याएको छ।सवारी साधन सम्वन्धी मेला ‘नाडा अटो शो’पछि सुरु भएको दशैंमा गाडी बिक्रीमा विभिन्न ‘स्किमहरु’ पनि ल्याभएका छन्।

महिन्द्रा गाडीको अधिकृत बिक्रेता अग्नि इन्कर्पोरेटेडका बजार प्रवन्धक सिजन न्यौपानेले अरु समयमा भन्दा दशैंतिहारमा गाडीको बिक्री बढी हुने बताउँदै गाडी बिक्रीका लागि आकर्षक स्कीम ल्याएको बताए।‘अघिल्लो वर्ष सवारी साधनको कर्जामा ५० प्रतिशत सीमा तोक्दा व्यापार घटेको थियो।चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत ६५ प्रतिशत कर्जा सीमा पुगेको छ’उनले बिजमाण्डूसँग भने,दशैंको पूर्व सन्ध्यामा गाडीको बिक्री पनि राम्रो भइरहेको छ।‘

उनले दशैंसँगै महिन्द्राको शोरुममा १५देखि २० जना ग्राहक इन्क्वाइरीको लागि आइरहेको बताउँदै दैनिक दुर्इवटा महिन्द्रा गाडी बुकिङ भइरहेको जानकारी दिए।टाटा गाडीको अधिकृत बिक्रेता सिप्रदीले चाडपर्वको पूर्वसन्ध्यामा प्यासेन्जर भेहिकलको बिक्री बढेको बताए।कम्पनीका सहायक व्यवस्थापक अर्जुन कार्कीले दशैं र बैंक ब्याजदर घट्कोले गाडीको व्यापार बढेको बताए।

 
उनले टिगोर, जेस्ट र टियागोको बिक्री बढेको बताउँदै दैनिक सात वटा गाडी बिक्री भइरहेको जानकारी दिए।प्यासेन्जर भेहिकलमा अग्रणी रहेको हुण्डार्इको गाडीको व्यापार बढेको छ।हुण्डार्इ गाडीको नेपालको अधिकृत बिक्रेता लक्ष्मी इन्टरकन्टिनेटलका अनुसार दैनिक चार वटा गाडी बुकिङ भइरहेको छ।कम्पनीका परामर्शदाता गौरब सिग्देलका अनुसार गाडी किन्न सोधपुछका लागि दैनिक २० जना ग्राहक शोरुममा आउने गरेका छन्।
 
बाइकमा पनि प्रतिस्पर्धा
दशैमा गाडी मात्रै होइन बाइक बिक्रीमा पनि प्रतिस्पर्धा सुरु भएको छ।दशैंका बेलामा बाइकको बिक्री पनि धेरै हुने गर्छ।हिरो बाइकको अधिकृत बिक्रेता एनएमजिका बिक्री व्यवस्थापक दशैं सुरु भएपछि बाइकको बिक्री बढेको बताए।

उनका अनुसार औषतमा देशभर दैनिक दुर्इ सय बाइक बिक्री भइरहेको छ।यामाहा बाइकको अधिकृत बिक्रेता एमएडब्लुका सहायक व्यवस्थापक दीपक रौनियारले बाइक किन्नेको भीड लागेको बताए।उनका अनुसार मुलुकभर एफजेड-२५ बाइक दुर्इ सय भन्दा बढी बुकिङ भइसकेको छ।यो बाइक एक महिना अघि मात्रै नेपालमा बिक्री सुरु भएको हो।

उनले यामाहाको स्कुटरको समेत बिक्री राम्रो रहेको बताए।यामाहाले युवा लक्षित बाइक र पछिल्लो समयमा ‘फेन्सी’ स्कुटरको उत्पादन थालेपछि बिक्री समेत राम्रो छ।बजाज बाइकको नेपालको अधिकृत बिक्रेता एचएच बजाजले टेकुको शोरुमबाट मात्रै दैनिक चालिसवटा बजाज बाइक बिक्री गरिरहेको छ।बजाज सोरुमका व्यवस्थापक दिपेश आचार्य भन्छन् ' पल्सर २२०, एनएस, १५०, एभेन्जर लगायतका बाइक किन्न युवाको भीड थामिनसक्नु छ।‘