BIZMANDU
www.bizmandu.com

नेपाल ग्रामीण विकासको एफपिओ ३८ % आवेदकले मात्र पाउने, २८ गुणा भन्दाबढी आवेदन पर्यो

२०७४ असोज ३

काठमाडौं। नेपाल ग्रामीण विकास बैंकले जारी गरेको एफपिओमा ३८.२५ प्रतिशत आवेदकले मात्र १० कित्ताको दरले शेयर पाउने भएका छन्। बैंकले भदौ २७ देखि ३० गतेसम्म चार दिनकालागि बिक्री आवेदन खुला गरेकोमा दुर्इ लाख ५४ हजार ८५२ जनाको आवदेन परेको थियो।

Tata
GBIME
Nepal Life

बैंकको एफपिओ १० कित्ताको दरमा बाँडफाँड गर्ने हो भने जम्मा ९७ हजार ५ सय जनाले मात्र प्राप्त गर्न सक्छन्। जम्मा आवेदक दुर्इ लाख ५४ हजारमध्ये एक लाख ९७ हजार आवेदकले शेयर नपाउने भएका छन्।

बैंकले नौ करोड ७५ लाख रुपैयाँ आह्वान गरेकोमा चार दिनको अवधिमा आवेदकबाट दुर्इ अर्ब ७४ करोड रुपैयाँ बराबरको आवेदन परेको बिक्री प्रबन्धक प्रभु क्यापिटलले जनाएको छ।

चार दिनको अवधिमा पहिलो दिन २५ हजार ७३७ जनाको आवेदनमा ३० करोड २५ लाख रुपैयाँको आवेदन परेको थियो। त्यस्तै दोस्रो दिन ४९ हजार ७६४ जनाले ५२ करोड ५ लाख रुपैयाँको आवेदन दिएका थिए भने तेस्रो दिन ७० हजार ५३३ जनाले ७६ करोड ३८ लाख रुपैयाँको आवेदन दिएका थिए । अन्तिम दिन एक लाख ८ हजारले एक अर्ब १५ करोड रुपैयाँको आवेदन दिएका थिए।

तोकिएको अवधिभित्र माग भन्दा बढी आवेदन परेपछि भदौ ३० गते नै आवेदन बन्द गरेको प्रभु क्यापिटलले जनाएको छ।