BIZMANDU
www.bizmandu.com

सारा नाइजेरियामा सस्तो ट्याब्लेट पुर्याउने अडेपोजुको यस्तो सपना

२०६९ साउन ७

सारा नाइजेरियामा सस्तो ट्याब्लेट पुर्याउने अडेपोजुको यस्तो सपना
सारा नाइजेरियामा सस्तो ट्याब्लेट पुर्याउने अडेपोजुको यस्तो सपना


नाइजेरिया । नाइजेरियाका युवा साहिद अडेपोजुको ठूलो सपना छ, त्यो सपना हो, उनले आविष्कार (उत्पादन) गरेको इन्य ट्याबलेट कम्प्युटर अफ्रिकी बजारमा पु¥याउनु । २९ वर्षे युवा उद्यमी अडेपोजुले अफ्रिकामा यो ट्याब्लेट ३ सय ५० अमेरिकी डलरमा बिक्री गर्ने लक्ष्य बनाएका छन् जबकी यस्तै ट्याव्लेटको बजार मूल्य दोब्बरले बढी ७ सय डलरभन्दा बढी छ ।
रमाइलो के छ भने उनले उत्पादन गरेको ३५० डलरको ट्याब्लेटमा गुगलको एन्ड्रोइड अपरेटिङ सिस्टम समेत छ । उनलाई नाइजेरिया र अफ्रिकी मुलुकमा सस्तो ट्याब्लेटको ठूलो बजार रहेको विश्वास छ । यो ट्याब्लेट नाइजेरियाको सबै सरकारी कार्यालयमा विक्री गर्ने लक्ष्य उनले बनाएका छन् । नाइजेरियाको सरकारी कार्यालयमा कम्तीमा एउटा ट्याब्लेट कम्प्युटर पु¥याउने अडेपोजुको योजना छ ।
यो ट्याब्लेट कम्प्युटर मात्र होयन, यसमा मोबाइल सुविधा पनि छ, जसले इन्टरनेट सेवासँग जोडनलाई मद्धत गर्छ । उनले भने, यसबाट विभिन्न फाइल र फिल्म हेर्न सकिन्छ । यो ट्याब्लेट ८ इन्चको छ । यसमा आधा ल्यापटप र आधा मोबाइल फोनको डिभाइस छ । उनका अनुसार यसमा गुणस्तरीय सफ्टवेयर राखिएको छ  भने स्थानीय सफ्टवेयर विकासकर्ताको अन्वेषणलाई समेत राखिएको छ । यसमा एचआइभी एड्सको जनचेतना जगाउने सुविधा समेत राखिएको छ ।
को हुन अडेपोजु
अडेपोजु स्थानीय सफ्टवेयर निर्माता हुन । उनले जाभा प्रोग्रामको प्रमाणपत्र पाएका छन् । गणित र कम्प्युटर विज्ञानमा उनले स्नातक गरेका छन् । दुई विषयमा स्नातक गरेपछि उनले बेलायतको बोर्नमाउथ विश्वविद्यालयबाट कम्प्युटर र रिर्सचमा एड्भान्स कोर्ष गरेका थिए । सन् २००९ मा ग्रयाजुयसन गरेपछि उनी आफ्नै मुलुक फर्किए र विभिन्न कम्पनीमा काम समेत गरे ।
आठ महिना काम गरेपछि आफ्नै व्यवसाय सञ्चालन गर्ने उत्साह उन्मा थपियो । जब सन् २०१० को जनवरीमा एप्पलको आईप्याड बजारमा आयो आइप्याड जस्तै सामान अफ्रिकी मुलुकमा ल्याउने उत्साह उनलाई जाग्यो । केही गर्ने लक्ष्यका साथ उनले साथीभाई र परिवारबाट ६० हजार अमेरिकी डलर पनि बटुले ।
सुरुमा कुनैपनि उत्पादनको बजारीकरण गर्न उनीसँग पैसा थिएन । त्यसैले उनले आफ्नो उत्पादनको बजारीकरणका लागि सामाजिक सञ्जाल रोजे । यसबाट उनको उत्पादनलाई बजारीकरण गर्न ठूलो सहयोग पुग्यो । उनले एक सय वटा ट्याब्लेट चीनमा निर्माण गरे र त्यसलाई बजारमा पुर्याए । यसले राम्रो बजार पाएपछि सन् २०११ को मे महिनामा उनले इन्याको दोस्रो संस्करण बजारमा ल्याए । उनको कम्पनीले प्रविधिका माध्यमबाट स्थानीय संस्कृतिलाई पनि संरक्षण गरिरहेको छ । त्योभन्दा ठूलो उनले प्रविधिकै प्रयोगबाट एड्स जस्तो रोगसँग सामाजिक जनचेतना पनि जगाउँदैछन् । जसले उनलाइ अफ्रिकी मुलुक नाइजेरीयामा व्यापारीका रुपमा मात्र होयन समाजसेवकका रुपमा पनि स्थापित गरिरहेको छ ।

Tata
GBIME
NLIC