BIZMANDU
www.bizmandu.com

एनआर्इबिएल र एस क्यापिटलको साधारणसभा असोज २४ गते, आकर्षक बोनस प्रस्ताव गर्दै

२०७४ असोज २

काठमाडौं। एक आपसमा गाभ्ने गाभिने चरणमा रहेका एनआर्इबिएल क्यापिटल र एस क्यापिटलले एकै दिन असोज २४ गते साधारणसभा डाकेका छन्।

Tata
GBIME
Nepal Life

एनआर्इबिएल क्यापिटलले साधारणसभाबाट संचालक समितिले प्रस्ताव गरेको २५ प्रतिशत नगद लाभांश र ९७.०४ प्रतिशत बोनस शेयर प्रदान गर्ने प्रस्ताव पारित गर्ने बताएको छ। क्यापिटलले नगद लाभांशको लागि २ करोड ५३ लाख रुपैयाँ र बोनस शेयरको लागि ९ करोड ८५ लाख रुपैयाँ प्रदान गर्ने छ।

त्यस्तै एस क्यापिटलले साधारणसभाबाट संचालक समितिले प्रस्ताव गरेको चुक्ता पूँजीको ५२ प्रतिशतबाट हुन आउने तीन करोड ६४ लाख रुपैयाँ नगद लाभांश दिने निर्णय पारित गर्ने भएको छ।

दुबै क्यापिटलले एक अर्कामा गाभ्ने गाभिने प्रयोजनका लागि आवश्यक कानुनी प्रकृया पूरा गर्न संचालक समितिलार्इ पूर्ण अधिकार दिने विशेष प्रस्ताव गरेका छन्।