BIZMANDU
www.bizmandu.com

बीमा समितिले अत्याधुनिक भवन बनाउने, भवन डिजाइनका लागि इन्जिनियरिङ संस्थानसँग सम्झौंता

२०७४ असोज २

बीमा समितिले अत्याधुनिक भवन बनाउने, भवन डिजाइनका लागि इन्जिनियरिङ संस्थानसँग सम्झौंता
बीमा समितिले अत्याधुनिक भवन बनाउने, भवन डिजाइनका लागि इन्जिनियरिङ संस्थानसँग सम्झौंता

काठमाडौं। बीमा समितिले अत्याधुनिक भवन बनाउने भएको छ।

Tata
GBIME
Nepal Life

भवन निर्माणका लागि समितिले इन्जिनियरिङ अध्ययन संस्थानलार्इ कन्सल्टेन्सी नियुक्त गरेको छ।समितिका अध्यक्ष चिरञ्जिबी चापागार्इँले भवन निर्माणको प्रारम्भिक अध्ययनका लागि संस्थानलार्इ कन्सल्टेन्सी नियुक्त गरेको बताए।संस्थानले १५ ‍हप्ता सम्ममा आफ्नो प्रारम्भिक अध्ययन पेस गर्ने सम्झौंता भएको समितिका निर्देशक राजुरमण पौडेलले बताए।

भवन निर्माणको लागि माटो परीक्षण तथा भवनको विस्तृत डिजाइन तयार पार्ने छ। संस्थानले भवनको अनुमानित लागत तथा टेन्डर सम्बन्धी कागजात निर्माणको तयारी र मुल्याङकन गर्नेछ। 
 

बीमा समितिले चालु आर्थिक बर्षमा भवन निर्माणको लागि ७८ करोड रुपैयाँ छुट्टाएको पौडेलले बताए। भवनमा २५० जना भन्दा धेरै कर्मचारी अटाउने कोठा हुनेछ। भवनमा लाइब्रेरी, बैठक कोठा, सेमिनार हल भएको हुने उनले बताए।