BIZMANDU
www.bizmandu.com

माछापुच्छ्रे बैंकले बाढी प्रभावितलाई २१ लाख दियो, चेक प्रधानमन्त्री देउवालाई हस्तान्तरण

२०७४ असोज १

 
काठमाडौं । तराईका बिभिन्न जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारको उद्घार, राहत र पुनस्र्थापनाका लागि माछापुच्छ«े बैंकले आफ्नो संस्थागत सामाजीक उत्तरदायित्व अन्तरर्गत २१ लाख ११ हजार एक सय ११ रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्रदान गरेको छ । 
 
बैंकका अध्यक्ष रोशन केसीले सहयोग रकम प्रधानमन्त्री शेरबहादुर देउवालाई आइतवार हस्तान्त्रण गरे। २०५७ सालमा पोखराबाट बैंकीङ्ग कारोवार शुरु गरेको बैकका ६२ वटा शाखा,  चार वटा एक्स्टेन्सन काउण्टर, चार वटा शाखारहित सेवा र ८१ वटा एटिएमबाट पाँच लाख ग्राहकलाई सेवा प्रदान गरिरहेको बैंकले जारी प्रेस विज्ञप्तिमा छ ।  
 
 

Tata
GBIME
Nepal Life