BIZMANDU
www.bizmandu.com

दशैंको मौका पारेर ‘क्यानभास’ वाइन सार्वजनिक, नेपालमै बनेको वाइन एक बोतलको ५ सय रुपैयाँ

२०७४ असोज १

काठमाडौं।संकटा वाइन एण्ड वेभेरेज प्रालिले क्यानभास वाइन सार्वजनिक गरेको छ।
क्यानभास वाइन स्विट रेड, ड्राइ र स्विट ह्वाइट गरी तीन भेराइटीमा बजारमा उपलब्ध रहेको कम्पनीले जनाएको छ।

Tata
GBIME
Nepal Life

भारतबाट प्राविधीक परिक्षण गरिएको अंगुर आयात गरी युरोपियन प्रविधीबाट वाइन बनाएको कम्पनीले जारी गरेको प्रेस बिज्ञप्तीमा उल्लेख छ।

कम्पनीका अनुसार विशुद्ध वाइन भेराइटीको अंगुरबाट उत्पादन गरिएको ७ सय ५० एम.एल.को बोतल वाइनको बजार मूल्य ४ सय ९० रुपैयाँ तोकिएको छ। कम्पनीले क्यानभास वाइनको फेमीली प्याक र पार्टी प्याक पनि छिटै बजारमा ल्याउने  बताएको छ।