BIZMANDU
www.bizmandu.com

एनआइसी एसियाको साधारणसभाले २० प्रतिशत बोनस सेयर पारित गर्यो, ६ जना सञ्चालक चुनिए

२०७४ भदौ ३०

एनआइसी एसियाको साधारणसभाले २० प्रतिशत बोनस सेयर पारित गर्यो, ६ जना सञ्चालक चुनिए
एनआइसी एसियाको साधारणसभाले २० प्रतिशत बोनस सेयर पारित गर्यो, ६ जना सञ्चालक चुनिए

काठमाडौं। एनआइसी एसिया बैंकको २०औं बार्षिक साधारणसभाले चुक्ता पूँजीको २० प्रतिशत बोनस सेयर दिने प्रस्ताव पारित गरेको छ। बैंकले एक अर्ब ३३ करोड ८५ लाख रुपैयाँको बोनस सेयर दिएको हो। 


 
बैंकको साधारणसभाले सञ्चालक समिति पनि चयन गरेको छ। संस्थापक सेयरधनीका तर्फबाट जगदिशप्रसाद अग्रवाल, तुलसीराम अग्रवाल र रामचन्द्र संघाइ चुनिएका छन्।
 
साधारण सेयरधनीका तर्फबाट राजेन्द्र अर्याल, विनोदकुमार प्याकुरेल र आदित्यकुमार अग्रवाल सञ्चालक चुनिएका छन्। यसअघिको सञ्चालक समितिले गणेशमान श्रेष्ठलाई विज्ञ सञ्चालक नियुक्त गरिसकेको छ। सञ्चालक समितिले अध्यक्षमा तुलसीराम अग्रवाललाई चुनेको छ। 
 
बैंकको पाँच लाख ७० हजार बढि निक्षेप ग्राहक र २८ हजार बढि ऋणी छन्। तीन लाख ३० हजारभन्दा बढि डिजिटल बैंकिङ ग्राहक छन्। बैंकका १२५ शाखा रहेको सहायक प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपानेले जानकारी दिए। 

Tata
GBIME
Nepal Life