BIZMANDU
www.bizmandu.com

डेबिड बेकहमले दिए ओबामालाई अण्डरवेयर उपहार, त्यो पनि ५० वटा

२०६९ साउन ७

डेबिड बेकहमले दिए ओबामालाई अण्डरवेयर उपहार, त्यो पनि ५० वटा
डेबिड बेकहमले दिए ओबामालाई अण्डरवेयर उपहार, त्यो पनि ५० वटा

लण्डन । अमेरिकी राष्ट्रपति बराक ओबामा र मिशेल ओबामाका लागि बेलायतका प्रसिद्ध फुटवल प्लेयर डेविड बेकहमले कोसेली पठाएका छन् । पठाउने हस्ती अर्बपती, पाउने हस्ती विश्वकै नम्वर १ राजनीतिज्ञ, अब तपाईलाई लाग्ला बेकहमले ठूलै उपहार पठएका होलान्, तर आश्चर्य बेकहमले ठूलै उपहार त पठाएका होइनन्, आश्चर्य लाग्दो उपहार भने पक्कै पठाएका हुन् ।
लण्डनबाट बेकहमले वासिङ्गटन डिसी पठाएको उपहार हो, अण्डरवेयर । बेलायती पत्रिका सनका अनुसार अमेरिकी राष्ट्रपति ओबामा र फस्ट लेडी मिशेल बेकहमले विज्ञापन गर्ने बक्सर अण्डरवेयरको फ्यान भएको थाहा लागेपछि बेकहमले ५० वटा अण्डरवेयर ह्वाइटहाउस पठाउका हुन् ।
ओबामालाई पठाइदिएको बक्सरको विज्ञापनमा बेकहमले अभिनय मात्र गरेका छैनन्, यो अण्डरवेयरको डिजाइन समेत उनले तयार गरेका हुन् । बेकहमले यसैवर्ष राष्ट्रपति ओवामा र पत्नी मिशेललई ह्वाइटहाउसमा भेटेका थिए । कुराकानीको प्रसङ्गमा ओवामाले आफू बक्सरको फ्यान भएको बताएका थिए । त्यतिवेला नै बेकहमले ओबामालाई अण्डरवेयर पठाउने बाचा गरेका थिए ।
ओबामाकी दुई छोरी मिला र साशाा बेकहमका ठूला फ्यान हुन् भेटको बेला भित्तामा बेकहमको फोटो चिप्काउन उनीहरुले अटोग्राफ पनि लिउका थिए । छोरी मात्र होयन अमेरिकी राष्ट्रपतिकी श्रीमती मिसेल पनि बेकहमकी ठूलै फ्यान हुन् ।

Tata
GBIME
Nepal Life